पुनर्वास, कञ्चनपुर । जिल्लाको दक्षिणी भेगको पुनर्वास स्थित लालझाडी युवा क्लब -११ ले सहिद दिवसको अबसर पारेर सोमबार अन्तर बिधालय हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरेको छ । पुनर्वासको खेलकुद तथा सामाजिक बिकासमा कृयाशिल गैरसरकारी संस्था लाल्झाडी युवा कल्बले सहिद दिवसको अबसर पारेर हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरेको हो ।
क्लबका अध्यक्ष काँशिराम बोहराको सभापतित्वमा सञ्चालन प्रतियोगिताका प्रमुख अतिथी दिर्घसिङ ठकुरी रहेका थिए । बुधबार पुनर्वासको अमरबस्तीमा आयोजित हाजिर जवाफ प्रतियोगितामा दुर्गा बाल विद्या मन्दिर प्रथम ,आदर्श बोर्डिङ स्कुल द्वितीय ,पशुपति विद्या मन्दिर तृतीय र एजि स्कुलले सान्त्वना पुरस्कार पाएका थिए ।