arrow

प्रदेश १ को पहिलो बैठक २२ माघमा

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ माघ १५ सोमबार

विराटनगर । एक नम्बरको प्रदेश सभाको पहिलो अधिवेशन माघ २२ गतेका लागि तय भएको छ । बैठक दिउँसो १ बजे डाकिएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विराटनगरमा पत्रकार सम्मेलनगरी पहिलो  अधिवेशनको मिति सुनाए ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको प्रदेश सभा हलमा पहिलो अधिवेशन चल्ने छ । दल तथा कानुनका जानकारहरुसंग छलफल गरेर पहिलो अधिवेशनको मिति तोकिएको प्रदेश प्रमुख तुम्बाहाङले  जानकारी दिए । प्रदेश १ मा ९३ जना प्रदेश सभा सदस्य छन् । उनीहरुले माघ ७ गते सपथ ग्रहण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ