arrow

अब वनपथ निर्माण, किन ? 

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
Jhapa_District.png

बनियानी । हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ । 

नगर क्षेत्रको १, २, ३ र ४ नम्बर वडामा रहेको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिए । 

उनका अनुसार वनपथ निर्माणका लागि चालू आव २०७४–०७५ का लागि रु ५५ लाख विनियोजन समेत गरिएको छ । 

“प्रारम्भिक चरणमा रु ५५ लाख बजेट छुट्याएर काम शुरु गरिएको छ” उनले भने, “क्रमिकरुपमा बजेट थप गर्दै काम अघि बढाइनेछ ।

 नगर प्रमुख जीवनकुमार श्रेष्ठले पर्यटन विकासको सम्भावनासमेतलाई दृष्टिगत गरी सामुदायिक वनलाई जोड्ने आकर्षक र सुरक्षित वनपथ निर्माण गर्न लागिएको बताए । 

“भद्रपुर वडा नम्बर १ मा पर्ने दशरथपुर सामुदायिक वन क्षेत्रबाट काम शुरु गरिएको छ”, नगर प्रमुख श्रेष्ठले भने, “यो बाटो जंगली हात्तीबाट सुरक्षित हुने गरी निर्माण हुनेछ, सडक किनारका दुवैतर्फ सुरक्षित हात्तीबार, सडकबत्तीसमेतको व्यवस्थापन गरिनेछ ।” 

नगरको १ देखि ४ नम्बर वडासम्म पर्ने सामुदायिक वनलाई जोड्ने गरी वनपथका लागि नगरसभाले नै योजना पारित गरेको उनले जानकारी दिए । 

“हात्तीलाई लखेट्नेभन्दा पनि मानिस सुरक्षित हुने गरी हात्ती मार्ग निर्माण गर्न सक्दा प्रभावकारी हुन्छ”, उनले भने, “यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ