arrow

सरकारमै ध्यान, एकतामा छैन रुची 

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
oli-prachanda.gif.gif

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले एकता प्रक्रियालाई मूर्त रुप दिने काम अघि बढीरहेको बताईरहँदा पार्टी एकताकालागि एउटा पनि ठोस काम नभएको  माओवादीका नेताहरु बाउँछन् । सरकार गठनका लागि मात्रै कार्यदल सक्रिय रहेको भएपनि एकताको बहस भने सुस्त गतिमा चलिरहेको दोस्रो तहका नेताहरुको आरोप छ । 

एकताको लागि दुबै पक्षाका नेताहरुबीच व्यापक छलफल चलिरहेको भएपनि त्यसले ठोस परिणाम दिन सकिरहेको छैन । यद्यपि दुबै पार्टी नेतृ्त्वले कार्यकर्ताको धैर्य मर्न नदिन सक्रियताको भ्रम छर्दैछन् । दुबै दलद्वारा पार्टीएकताको लागि सहजीकरण गर्न गठित कार्यदलले पार्टी एकीकरणको विषयमा ठोस आकार तयार पार्न सकेको छैन । 

मंगलबार हाम्राकुरासँग कुरा गर्दै माओवादीका एक प्रभावशाली नेताले पहिले पार्टीको नीति र नेतृत्वको विषयमा सहमति जुटेपछि मात्रै अन्य विषयमा छलफल अघि बढाउने भनेर अरु विषयमा छलफल नै नगरेको स्पष्ट पारेका छन् । तर, यही दुई मूलभूत विषयमा दुबै पार्टीका नेताहरुको अडानका कारण एकीकरणको समग्र प्रक्रिया नै रोकिएको ती नेताले स्पष्ट पारे । ‘अहिलेसम्म एकता प्रक्रिया अघि बढेकै छैन भन्दा पनि हुन्छ । दुबैलाई आफ्नै नीति र आफ्नै नेतृत्व चाहिने । अनि कसरी हुन्छ सहमति ।’ उनले भने ।  

एमाले सूत्रका अनुसार पछिल्लो समय दुबै पार्टीका नेताहरुको एकीकरण प्रतिको उदासिनताको कारणले यो एकता प्रक्रिया नै नगर्ने खेलमा दुबै पार्टीका शीर्ष नेताहरु रहेको आशंका समेत एमालेका दोस्रो नेताहरुले बताएका छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका महासचिव कृष्ण बहादुर महराको विभिन्न समयको अभिव्यक्तिले पनि पार्टी एकतालाई छायाँमा पार्दै लैजाने र पूर्ण रुपमा सरकार गठन भईसकेपछि विस्तारै एकता प्रक्रियालाई कमजोर पार्ने खेलमा रहेको शंका बढ्न थालेको । यो जनताले दिएको म्याण्डेडको विरुद्ध हो ।

अहिले माओवादीले पनि पार्टी एकता भन्दा पनि सरकार गठनतिर बढी ध्यान दिएको देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई अहिले आफ्नो सम्मानजनक व्यवस्थापनको मात्रै चासो रहेको छ । तर, उनको सम्मानजनक व्यवस्थापन तर्फ ध्यान दिँदा आफू समस्यामा पर्ने ओलीले बुझिसकेका छन् । त्यसैले दुबैले आफ्नो व्यवस्थापनलाई ध्यान दिँदा एकता प्रक्रिया अघि बढ्न नसकेको ती नेतालेजानकारी दिए । 

‘सरकारको विषयमा सहमति भैसक्यो । अब पार्टी एकताको प्रक्रिया संघीय सरकार गठन अघि केही पनि अघि बढ्ने देखेको छैन ।’ ती सदस्यले भने माओवादीको लाईन अध्यक्ष आफूले पाउने ग्यारेन्टी नभएसम्म यस्तै झुलाउने देखिन्छ ।’ सरकार गठनलाई नै दुबै दलले प्राथमिकता दिँदा पार्टी एका ओझोलमा परेको ती नेताले जानकारी दिए । 
  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ