- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी केन्द्रले आफ्नो भागमा परेका मुख्यमन्त्री छान्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।
एमालेसँगको वाम समझदारी अनुरुप माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने पक्का पक्की भएको छ । आफुलाई भाग परेका प्रदेश सरकारको नेतृत्वबारे पार्टी केन्द्रीय सचिवालय बैठकले टुंगो लगाउने बताइएको छ ।
पार्टीको प्रदेश कमिटी र प्रदेशको संसदीय दलको सिफारिसका आधारमा केन्द्रले नै मुख्यमन्त्रीको टुंगो लगाउने प्रवक्ता पम्फा भूषालले बताएकी छन् ।
उनले भनेकी छन्, ‘प्रदेश कमिटी र प्रदेशको संसदीय दलको सिफारिस अनुसार केन्द्रीय सचिवालय बैठकले नै मुख्यमन्त्री लगायत अन्य पदको विषयमा निर्णय गर्नेछ ।’
एमालेसँगको वाम समझदारी अनुसार माओवादी केन्द्रले दुई प्रदेशको मुख्यमन्त्री र प्रदेश ४ र ५ सभामुख र प्रदेश १, ३, ६ र ७ प्रदेशमा उपसभामुख पाउने पक्का–पक्की भएको छ ।
प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जाँदा ६०–४० को भागबण्डा गरेका यी दुई दलले प्रदेश सभाको सिट बाँडफाँडमा ७०–३० भागबण्डा गरेका हुन् । सिट संख्याको आधारमा भागबण्डा गरेको एमाले नेताहरुले बताएका छन् ।