arrow

ओलीलाई मोदीले तारन्तार फोन गर्नुको कारण के हो, कांग्रेस बोल्नु पर्दैन ? : गगन

नयाँ युगको नेतृत्व नयाँ पुस्तालाई, शिर्ष नेतालाई युगपुरुष भएर बस्न आग्रह

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ १७ बुधबार
gagan2.png

बुटवल ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तारन्तार फोन बारे कांग्रेसले कडा प्रतिक्रिया दिन नसक्नु कम्जोरी भएको बताएका छन् ।

नेपाली कांग्रेस बुटवल नगरसमितिले गरेको आयोजना कार्यकर्ता भेलामा नेता थापाले ओली प्रधानमन्त्री बन्नु अघि नै भारतीय प्रधानमन्त्री मोदीले २–२ पटक फोन गर्नु, भारतीय विदेशमन्त्री नेपाल आउन लागेको विषयमा कांग्रेसले आफ्नो कडा प्रतिक्रिया दिन नसक्नु कम्जोरी भएको बताए ।

उनले मुलुकमा नयाँ संविधान कार्यान्वयन भएसँगै युग परिवर्तन भएकाले अब नयाँ युगको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्ने बताए । पार्टीका शिर्ष नेताहरुलाई युगपुरुष भएर बस्ने आग्रह गर्दै नयाँ पुस्तालाई नयाँ युगको नेतृत्व दिन आग्रह गरे । अब पाका नेताहरु अभिभावक र संरक्षक भएर बस्नुपर्ने उनको भनाई छ ।

उनले अब दुई अढाई वर्ष नपर्खि तत्काल कांग्रेसको महासमिति बैठक हुँदै महाधिवेसनमा जानुपर्ने बताए । मुलुकको नयाँ संरचना अनुसार पार्टीको संरचना पनि बन्नुपर्ने थापाको भनाई छ ।

गत चुनाबको गम्भीर रुपमा समिक्षा हुनुपर्ने भन्दै थापाले कांग्रेसको भोट घटेन भनेर चित्त बुझाउने बेला नभएको भन्दै कम्युनिष्टको भोट बढिरहेको उल्लेख गरे । थापाले राष्टियताका सम्बन्धमा कांग्रेस स्पष्ट धारणा हुनुपर्ने उल्लेख गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ