arrow

भारतीय विदेश मन्त्री सुस्मा स्वराजलाई डिनर केपी ओलीले गराउने

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
kp-oli-&-Sushma-Swaraj-bhet.jpg.jpeg

काठमाडौं। नेपाल भ्रमणमा आकस्मिक रुपमा आउन लागेकी भारतीय विदेश मन्त्री सुस्मा स्वराज बिहिवार साँढे ३ वजे काठमाडौं ल्याण्ड हुने भएकी छिन्। 

नेपाल  ल्याण्ड भए  लगत्तै उच्च राजनीतिक भेटघाटमा रहने स्वराज साँझ ६ वजे हुनेवाला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दै छिन्। 

एमाले अध्यक्ष ओली र स्वराजबीच सोल्टी होटलमा भेट हुदै छ। नेपाल बसाइका क्रममा भारतीय विदेशमन्त्री स्वराज द्वारीकाज होटलमा रहनेछिन्। 

भारतीय प्रधानमन्त्रीको विशेष दुतका रुपमा नेपाल भ्रमणमा आउन लागेकी स्वराजले सोल्टी होटलमा एमाले अध्यक्ष ओलीसँग एक्लाएक्लै भेट गर्नेछिन। 

एमाले अध्यक्ष ओलीले सोल्टीमै स्वराजलाई डिनर गराउने छन्। 

भारतीय दुतावास निकट स्रोतका अनुसार स्वराजको नेपाल भ्रमणको अवसरमा बिहिवार रातिको रात्रीभोजको व्यवस्था एमाले अध्यक्ष ओलीले नै गरेका छन्। 

ओलीले स्वराजको सम्मानमा रात्रीभोजको व्यवस्था गरेका हुन्। हुनेवाला प्रधानमन्त्रीले राख्नुभएको रात्रीभोजमा विदेशमन्त्री स्वराज सहभागि हुने कार्यक्रम रहेको छ। 

डिनरपछि मधेशी दलका नेताहरुसँग स्वराजले द्वारीकामा भेट्ने कार्यक्रम रहेको छ। 

दिनको हिसावले दुई दिन भएपनि करिव २४ घण्टे नेपाल बसाइका क्रममा शुक्रवार विहान स्वराजले राष्ट्रपित विद्यादेवी भण्डारीसँग भेट्नेछिन्। 

राष्ट्रपति भण्डारीसँग भेटे लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर स्वराज स्वदेश फर्के कार्यक्रम रहेको भारतीय दुतावास निकट स्रोतले जनाएको छ। 

एमाले र माओवादी गठवन्धन सरकार बनाउने गृहकार्यमा रहेको बेला स्वराजको भ्रमण भएको हो। यद्यपी यो भ्रमणका विषयमा गठवन्धनमा टिकाटिप्पणी पनि भएका छन्। 

अर्कोतर्फ एमाले अध्यक्ष केपी ओलीकै आग्रहमा मोदीले स्वराजलाई नेपाल पठाएको पनि बताइएको छ। 

चुनाव अघी भारतको विरोध गरेरै राष्ट्रवादी चरित्र बनाएको एमाले र त्यसका अध्यक्ष केपी ओलीको भारतीय प्रधानमन्त्री र भारतीय सरकारसँगको अचानक बढ्दो निकटतालाई धेरै आश्चर्य मानेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ