एक साता जंगलमा विताएका जोनलार्इ बिएण्डबी ल्यार्इयो
प्रकाशित २०७४ माघ १७ बुधबार
273
Shares
काठमाडौं । झण्डै एक सातादेखि ललितपुरको गोदावरीबाट बेपत्ता भएका ललितपुर थसिखेलका जोन तामाङ झण्डै एक सातापछि फेला परेका छन् ।
विद्यालयको शैक्षिक भ्रमणको फुलचोकी गएको बेलामा बेपत्ता भएका उनलाई गोदावरीको जंगलमा भेटिएका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । कक्षा पाँचका विद्यार्थी र प्राचार्यसँगै हिउँ खेल्न गएका ६ कक्षाका जोन गत साता विहीबारदेखि वेपत्ता भएका थिए ।
एक सातादेखि जंगलमा रहेका उनी गोदावरीको जंगलमा रहेको थाहापाएपछि ललितपुर प्रहरी परिसरबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । उनलाई प्रहरीले अहिले विएण्डबी अस्पतालमा भर्ना गराईसकेको छ ।
उनको अहिले स्थिती सामान्य रहेका र उनी बोलचाल समेत गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएका छन् । उनको स्वास्थ्यको विषयमा अस्पतालबाट रिपोर्ट नआएसम्मको उनको स्वास्थ्य स्थितीबारे थप जानकारी आउने प्रहरीले जनाएको छ ।