arrow

चिनियाँ सरकारी थिंक ट्यांक पनि मोदीको 'फ्यान' !

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
modi_china.jpg

काठमाडौ । डोकलाममा दुबै देशबीच कडा टक्कर परेको चीनले भारतको विदेश नीतिमाथि महत्वपूर्ण टिप्पणी गरेको छ । चीनले भारत सरकारको विदेश नीति जीवन्त र उत्कृष्ट रहेको जनाएको हो । चीनको सरकारी थिंक ट्याङ्कका वरिष्ठ अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा भारतको जोखिम लिने क्षमतामा बृद्धि भएको बताएका हुन् । 

चाइना इन्स्टिट्यूट अफ इन्टरनेशनल स्टडिजका उपाध्यक्ष रोंग यिंगले पछिल्लो ३ वर्ष यता भारतको कूटनीति अहिलेसम्मकै उत्कृष्ठ मोडमा पुगेको बताएका छन् । चीनको विदेश मन्त्रालयसँग सम्बद्ध थिंक(ट्याङ्कका ती अधिकारीले भारतद्वारा पछिल्लो समय अचम्मसँग ुमोदी डक्ट्रीनु बनाएको बताएका छन् । यो निकट भविष्यमा नै एक उदीयमान शक्तिको रुपमा भारतले सम्मानजनक स्थान पाउने रणनीति पनि देखिन्छ । उनले जर्नलमा लेखिएको एक लेखमा यस्तो बताएका हुन् । मोदी सरकार माथि यस्तो सकारात्मक टिप्पणी गरेको चिनियाँ थिंक ट्यांकले यो पहिलो पटक हो । 

उनले भारतको चीन दक्षिण तथा दक्षिणपूर्वी एशियाका देशहरुसँगको सम्बन्ध तथा अमेरिका वा जापानसँगको घनिष्ठ सम्बन्धको पनि समीक्षा गरेका छन् । मोदी आएपछिको भारतीय विदेश नीतिका कारण अहिले परस्परमा सम्बन्ध सुधारिएको छ । मोदी प्रधानमन्त्री बनेर आएपछि चीनसँगको सम्बन्ध पनि स्थिर बनेको उनले दाबी गरेका छन् ।

उनले भनेका छन् 'चीन-भारत सीमामा सिक्किम क्षेत्रमा डोकलामको घटनाले केवल बोर्डरको मुद्दा प्रकाशमा आयो । यसले दुबै देशबीचको सम्बन्ध तनावपूर्ण बन्न पुगेको थियो ।' भारतको यो विदेश नीतिका कारण भारत र चीनबीच सहयोग तथा प्रतिस्पर्धाका साथ(साथ अघि बढ्ने प्रचलन सुरु भएको बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ