arrow

नाकाबन्दीकै कारण ओलीले चुनाव जिते, अब के जित्लान् ? 

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
kp-oli-presents-n.jpeg

काठमाडौं। भारतले ०७२ साल असोज ४ गतेदेखि अनिश्चितकालीन एवं अघोषित नाकाबन्दी गरेर नेपालीलाई दिनु दुःख दियो। त्यसपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले जुहारी खेले। हामी हडिंदैन र डटिन्छ भनेर घुक्र्याइरे। नेपाली जनताले बिजुलीको पीडा र पेट्रोलियम पदार्थको पीडा खेपिरहेका बेलामा कुटनीतिक पहल नगरेर बाझ्ने काम गरे। त्यतिबेला उनका कार्यकर्तालाई नेशनल ट्रेडिङका विभिन्न डिपो खडा गराइदिए। जसले गर्दा सहज ग्यास पाए। 

एमाले र पहुचवाला अन्य दलका कार्यकर्ता बाहेक सबैले भोग्नुसम्म पीडा भोगे। सहरमा दाउरै बालेर पनि ओलीलाई साथ दिए। ओलीको भित्री सेटिङ थाहा नपाउने अन्य दलका कार्यकर्ताले पनि ओलीलाई साथ दिए। अन्ततः ६ महिनापछि भारत गल्यो, ओलीलाई राजकीय भ्रमणमा बोलायो। ओली दंग भए। नाकाबन्दी खुल्यो। त्यतिबेला जनताले सोचे हामी सबैको जीत भयो। तर त्यो ब्यर्थै। त्यसको क्रेडिट लिएका ओली देशभक्त कहलिए। चुनावमा उनको बाम गठबन्धनले बहुमत पायो। 

के ओली अहिले पनि अडानमा होलान् ? 
भारतीय विदेश मन्त्री सुष्मा स्वराज आइरहँदा भारतले नेपालको ब्यापारमा दुःख दिएको छ। अदूवा आयात ठप्प पारेपछि नेपाली कृषकहरु मर्कामा परेका छन्। करोडौंको अदूवा सडेको छ। भारतले विना कारण अदूवा किनेन। वाध्य भएर नेपालले अदूवा बंगलादेश पठाउने तरखर गर्दैछ। भारतले फेरि अम्रिसोको कुचो पनि रोकेको छ। यसरी रोक्दा फेरि करोडौंको नोक्सान भइसकेको छ। अम्रिसो कृषक मारमा परेका छन्। ओलीले सरकारको नेतृत्व सम्हाल्दै गर्दा भारतले दुःख दिने काम यसअघि पनि गर्यो र अहिले पनि सुरु गरिसकेको छ। 

के केपी ओली यस्तो अवरोध भएर हजारौं नेपाली कृषकको पीडामा रमाउँदै पाँच तारे होटलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई डिनर खुवाउन सक्लान् ? या फेरि पनि सचेत गराउलान् कि ‘म मेरो देश र जनताप्रति कटिवद्ध छु। दुःख नदेऊ भन्लान्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ