arrow

उपेन्द्रले स्वराजलाई छुट्टै भेट्ने, निम्ता राजपासँगै

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
sworaj_new.JPG

काठमाडौं । दुई दिने भ्रमणमा नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग दुई मधेशवादी शक्तिका नेताहरुले भेट गर्दैछन्  । राष्ट्रिय जनता पार्टी नेपाल राजपा र संघीय समाजवादी पार्टी नेपालका नेताहरुले राती ८ बजे सोल्टी बोलाइएको छ ।

राजपाको अध्यक्षमण्डलका सदस्य महिन्द्रराय यादवले आफुहरु सबैलाई बोलाएको बताए । उनले भने, ‘८ बजे बोलाइएको छ ।’ यस्तै राजपा महासचिव केशव झाले फोरम र आफुहरुलाई संयुक्त रुपमा बोलाइएको बताए । उनले भने, ‘फोरम र राजपालाई संयुक्त रुपमा बोलाइएको छ । हामी सँगै भेट्छौँ ।’

तर, उपेन्द्र यादव निकट एक नेताले भने राजपाका नेताहरुसँग आफुहरु नबस्ने र छुट्टै भेट्ने बताए । उनले भने, ‘हामीसँग छुट्टै भेट भनिएको छ । हामीले अलिक ढिलो बोलाइएको छ । भेट त सोल्टीमै हुने हो ।’ राजनीतिक भेटघाट र घुमफिरमा आएकी विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ