arrow

फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
fidelito.jpg

हवाना । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ ।

केही महिनादेखि विरामी उनि पछिल्लो समयमा ‘डिप्रेसन’ मा थिए । बिहीबार बिहान उनले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ ।

क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गरेका उनले बिहीबार बिहान आत्महत्या गरेको समाचार क्युबाको सरकारी वेभसाइटमा राखिएको छ ।

उक्त वेभसाइटमा पूर्व राष्ट्रपति एवम् क्युबाका क्रान्तिकारी कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोका छोरा र क्युबाको विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपाध्यक्षका रुपमा समेत रहेर काम गरेका क्यास्ट्रो डायज बलार्टले बिहीबार आत्महत्या गरेको समाचार राखिएको छ ।

उक्त वेभसाइटमा मृतक क्यास्ट्रो बलार्ट आफ्नो जीवनभर क्युबामा विज्ञान तथा प्रविधिको विकासमा लाग्नुभएको बताइएको छ ।

पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको सन् २०१६ को नोभेम्बरमा निधन भएको थियो । उनि क्युबाको एक क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा परिचित छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ