arrow

प्रहरीले सामान्य विवाद नमिलाएको भन्दै सन्धिखर्क बजार बन्द

डिएसपीको राजीनामा माग

logo
घनश्याम पौडेल,
प्रकाशित २०७४ माघ १९ शुक्रबार
banda.jpg

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बजार बन्द रहेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सामान्य विवाद मिलाउँन नसक्नु लाचार भएको भन्दै सन्धिखर्कका व्यवसायीले बजार बन्द गरेका हुन ।
 
युवा व्यवसायी माधव श्रेष्ठलाई प्रहरीले सार्वजनिक मुद्धा लगाएको विरोधमा शुक्रवार सन्धिखर्क बजार बन्द सहित ११ बजे जिल्ला प्रहरी कार्यालय घेराउँ गरी डिएसपी एकनारायण कोईरालाको राजीनामा व्यवसायीले माग्ने कार्यक्रम तय भएको छ ।

व्यवसायी श्रेष्ठले नाली पुर्न हुदैँन भनेर सम्झाउँदा दुईजना विच भएको सामान्य विवाद जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मिलाउँन नसकेको स्थानीयले बताए ।

विहानैदेखी सन्धिखर्कका सवै व्यवसायहरु बन्द रहेका छन, व्यवासायीहरुले स्वतफुर्त रुपमा व्यवासय बन्द गरेका हुन, उनीहरुले श्रेष्ठलाई आउँने समस्या भोली हामीलाई पनी आउँन सक्छ भनेर बन्द गर्न एक्यवद्धता जनाएका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ