arrow

मोदीलाई के सन्देश लिएर गइन् स्वराज ?, के भन्छन् परराष्ट्रका जानकार ?

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
sworaj_new.jpg

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भ्रमण एजेण्डाविहिन भनेर आफै भनिन् । उनलाई कसले निमन्त्रणा दियो भन्ने विषय गुपचुपमै रहयो । सरकारले आफुले बालाएको भन्यो । एमाले अध्यक्ष ओलीले आफुले बोलाएको भने । स्वराजलाई मोदीकाे विशेष दूत बनेर अाएकाे कुराहरु पनि सुन्नमा आए ।

नयाँ सरकार बन्ने वातावरण बन्न लागेका बेला किन स्वराज किन आइन् ? उनी आउनुको उद्देश्य के थियो ? यावत प्रश्नहरु थुप्रैले गरेका छन् । कतिपयले स्वराज नेपालका नेताहरुको नाडी छाम्न आएको कुराहरु पनि गरे । उनी आइन् ।  सबै पक्षसँग भेट गरिन् । हिँडिन् । तर, मोदीलाई सुनाउने सन्दे के बोकेर गइन् ? परराष्ट्रका जानकारको नजरमा के थियो स्वराजको भ्रमण ?

पूर्व परराष्ट्रमन्त्री एवं पूर्व राजदूत भेष बहादुर थापा भन्छन्, ‘यो शिष्टाचार भेट थिएन । सद्भावना भ्रमण थियो । सम्बन्ध विस्तारका रुपमा लिनुपर्छ ।’ विगतमा भारतले गरेका कार्यहरुप्रति ग्लानी भएको सुनाउँदै उनले भनेका छन्, ‘नेपालको संविधान जारी भएपछि अप्रिय घटनाहरु घटे । भारतले संविधानलाई स्वागत गरेन । नाकाबन्दी लाग्यो ।’ तर, अहिले भारतीय विदेशमन्त्रीले आफ्नो भ्रमणको कुनै एजेण्डा नरहेको र सौहार्दतामा नयाँ संरचनाको निर्वाचन गरेकामा भेटेरै बधाई दिउँ भनेर आएको भन्नुको अर्थ संविधानको कदर गर्छु भन्नु हो, थापाले भने ।

त्यही संविधान अनुरुप आएको जनमतलाई कदर गर्छु भन्नु भनेको संविधानको पनि कदर गर्छु भन्नु हो, नेपाल–भारत प्रबुद्व समूहको नेपालतर्फका संयोजक समेत रहनु भएका थापाले भने, ‘अहिले आएको जनमतको कदर गर्नु र अब बन्ने सरकासँग सहकार्य गर्न तत्पर हुनुलाई सदभाव बढाउन खोजेको रुपमा लिनु पर्छ । अब विगतका तिक्तता दोहोरिने छैनन् भन्ने सम्झिनु पर्दछ ।’

भारत कर्मचारीस्तरबाट सम्बन्ध सुध्रिदैन भन्ने निष्कर्षमा पुगेको हो ? जवाफमा उनले भने, ‘भारतीय राजदूतले सार्वजनिक रुपमै यसअघि नयाँ जनादेश अनुसार बनेको सरकारसँग भारत काम गर्न आँतुर छ, भनेका थिए । भारतीय सञ्चारमाध्यमले पनि त्यतैतिर जोड दिएका छन् । चुनाव अघि विदेश सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल आएको थियो । अहिले उच्च तहको नेतृत्वमा भ्रमण भएको छ । यसको संकेत भारत अब सम्बन्ध सुधार्न चाहन्छ भन्ने बुझिन्छ ।’

मोदीलाई के सन्देश लिएर गइन् त ? पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे भन्छन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, अहिले पहिलो पार्टी बनेको दलका नेता, मधेस केन्द्रीत दल लगाउयत सबै पक्षसँग भेट गर्नुको कारण सबैको धारणा उहाँले सुन्नु भयो । भारतसँग नेपाल कस्तो सम्बन्ध चाहन्छ भन्ने कुरा उहाँले राम्ररी बुझ्न पाउनु भयो । र, अब हाम्रो रवैया ठीक छैन है भन्ने सन्देश लिएर जानु भएको छ ।’

स्वराजको भ्रमणमा दम छ ? उनले विस्तारमा भनेका छन्, ‘यो सद्भावना भं्रमण हो । किन भने विगतमा विग्रिएको सम्बन्ध सुधार होस् भन्ने भारतको चाहाना प्रष्ट भएको छ । अर्को निर्वाचनलाई मान्यो । र, बधाई भन्यो । यस्तै, आउँदा दिनमा पनि हामी दुवै स्वतन्त्र राज्य हौँ र छिमेकीको हिसावले सहकार्यका लागि तयार छौँ भन्ने सन्दे दिन खोजियो ।’

उनले अगाडि थपे, ‘अर्को कुरा भारतले अहिलेको सरकारको धारणा र भोलि सरकारमा आउनेको धारणा के छ ? भन्ने बुझ्न खोज्यो । आउँदा दिनमा नकारात्मक कुराहरु नआउन् भन्ने पनि हो ।’ पाण्डेले यसअघि पनि ईपीजी बैठकमा समेत १९५० को सन्धि पुनरावलोकन गर्न सहमत हुनु पनि भारत सरकार अब सम्बन्ध सुधार्न चाहन्छ भन्ने बुझ्नु पर्दछ, भने ।

स्वराज नयाँ निर्वाचनबाट आएको परिणामपछि अब बन्ने सरकारसँग सम्बन्ध कसरी कायम राख्न सकिन्छ भन्ने विषय केन्द्रीत भएर भ्रमणमा आएको उनले बताए ।

पाण्डेले भने, ‘विदेशमन्त्री स्वराजको भनाईबाट नै भन्न सकिन्छ कि, भारतले नयाँ जनमतलाई मान्यो । हिजो त्यही शक्तिसँग सम्बन्ध विग्रिएको थियो । अब हिजोको जसरी चल्दैन भन्ने महसुस गरेको हुनुपर्दछ । स्वराज आफैले भन्नु भएको छ–कि मेरो भ्रमणको कुनै एजेण्डा छैन, म प्रत्यक्ष रुपमा बधाई दिउँ भनेर आएको ।’
भारतले कान पक्ड्यो ?

पूर्व परराष्ट्रमन्त्री पाण्डेका अनुसार डिप्लोमेसीमा गल्ती गर्नेहरुले कान समातेर माफि माग्ने भन्ने हुँदैन । तर, जनमतको कदर गर्छु भनेपछि घुराउरो ढंगबाट माफि गल्ती स्वीकार गरेको भन्न सकिन्छ । उनले भने, ‘डिप्लोमेसीमा हामीले भयंकर गल्ती गर्‍यौ भनेर कान समात्ने भन्ने हुँदैन । हिजो असहज सम्बन्ध थियो । त्यसलाई भारतले करेक्सन गर्ने बाटो खोजेको छ ।’

‘विगतमा नेपालमै संविधान संशोधनको विषय उठाएर सर्वसम्मतका खेल्ने  तप्कालाई आफुअनुकुल चलाउन सकिन्छ कि भन्ने अभ्यास गरेकै हो, तर, अब त्यो गलत सावित भएको छ, त्यसको नजिता खराब आएको, भारत आफैले देखेको छ’ पाण्डेको भनाई छ । नभए उसैको खल्तीमा रहेको भुटान बेल्ट एण्ड रोड इनिसियटिभमा जान्थ्यो ? उनले तर्क गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ