arrow

स्वराज भ्रमण : एमाले-मधेशबादी भर्सेस काँग्रेस-माओवादी !

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
susma-sworaj-new.jpg.jpeg

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी छिन् । स्वराज फर्किएपनि नेपालमा उनको नेपाल भ्रमणको विषयमा गरिएको चर्चा भने कम भएको छैन । बिहीबार स्वराज नेपाल आएलगत्तै नेपालमा दुई कित्तामा विभाजित भएर राजनीतिक दलका नेतादेखि बुद्धिजीवीहुँदै जानकारहरुसम्मले आफ्नो धारणा राखे ।

यसरी राखिएको धारणामा बुद्धिजीवीहरु समेतमा समेत स्पष्ट पार्टीगत कित्ताकाट भएको देखिएको छ । स्वराजको भ्रमणलाई एमाले र मधेशबादी दलका नेताहरुले सान्दर्भिक भन्दै स्वागत गरेका छन् भने काँग्रेस र माओवादीका नेताहरुले यसलाई असान्दर्भिक भएको भन्दै आलोचना गर्ने गरेका छन् । 

पूर्व परराष्ट्रमन्त्री एवं पूर्व राजदूत भेष बहादुर थापा भन्छन्, ‘यो शिष्टाचार भेट थिएन । सद्भावना भ्रमण थियो । सम्बन्ध विस्तारका रुपमा लिनुपर्छ ।’ विगतमा भारतले गरेका कार्यहरुप्रति ग्लानी भएको सुनाउँदै उनले भनेका छन्, ‘नेपालको संविधान जारी भएपछि अप्रिय घटनाहरु घटे । भारतले संविधानलाई स्वागत गरेन । नाकाबन्दी लाग्यो ।’ तर, अहिले भारतीय विदेशमन्त्रीले आफ्नो भ्रमणको कुनै एजेण्डा नरहेको र सौहार्दतामा नयाँ संरचनाको निर्वाचन गरेकामा भेटेरै बधाई दिउँ भनेर आएको भन्नुको अर्थ संविधानको कदर गर्छु भन्नु हो, थापाले भने ।

त्यस्तै, पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे भन्छन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, अहिले पहिलो पार्टी बनेको दलका नेता, मधेस केन्द्रीत दल लगाउयत सबै पक्षसँग भेट गर्नुको कारण सबैको धारणा उहाँले सुन्नु भयो । भारतसँग नेपाल कस्तो सम्बन्ध चाहन्छ भन्ने कुरा उहाँले राम्ररी बुझ्न पाउनु भयो । र, अब हाम्रो रवैया ठीक छैन है भन्ने सन्देश लिएर जानु भएको छ ।’

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । पूर्वराजदूत उपाध्यायले, ‘ओलीले निमन्त्रणा गरेको बताइएपनि आउनुपूर्व न भारतले भन्यो न ओलीले सरकारलाई जानकारी गराए । बहालवाला मन्त्री आउँदा सरकार वा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनु पर्छ कि पर्दैन । भेटघाटको कार्यक्रम मिलाउँदा पनि कुटनीतिक मर्यादा अनुसार हुनु पर्दथ्यो । मर्यादा विपरीत भएका भेटघाटले अन्ततः नेपाललाई हानी पुग्छ ।’

 माओवादी नेता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमा नेपाल भारतबीच सम्बन्ध बढाउनु राम्रो भए पनि स्वराजको अहिले भइरहेको भ्रमण त्यति उपयुक्त नभएको तर्क गर्दै सन्देश सम्प्रेषण गरेका छन् । 

राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक०का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘उनको भ्रमण अत्यन्तै सद्भावपूर्ण हो, फलदायी भ्रमण भयो भन्ने हामीलाई लागेको छ।’ उनले विदेशमन्त्री स्वराजको नेपाल आगमन स्वभाविक भएको समेत विश्वास दिलाए ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री चयन भइसकेपछि स्वराजको नेपाल भ्रमण भए सबभन्दा राम्रो हुने भन्दै राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छैन, यद्यपि अहिले सरकार बन्ने प्रकृयामा रहेको स्वराजको नेपाल भ्रमण त्यत्ति राम्रो नभएको बताएका छन् । यसरी शीर्ष नेताहरु नबोलेपनि स्वराज भ्रमणले सिर्जना गरेको यो तर‌ंगमा एमाले र मधेशी दल एकातिर छन् भने उनी अहिले आएको समय उपयुक्त नभएको तर्क काँग्रेस र माओवादीहरुको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ