arrow

‘ब्रेक्जिट’ योजनाको आलोचना भएको छैन : बेलायती प्रधानमन्त्री

logo
प्रकाशित २०७४ माघ २० शनिबार
terija_me.jpg

लण्डन, बेलायत । बेलायती प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपियन यूनियनबाट बहिर्गमन बेलायती जनताको चाहना बमोजिम गरिएको निर्णय भएको शुक्रबार बताएकी छन् ।  

तीनदिनको चीन भ्रमणमा रहेकी प्रधानमन्त्री मेले आफ्नै दल तथा विपक्षीबाटसमेत उनको नेतृत्व र ‘ब्रेक्जिट योजना’ माथि प्रश्न गर्दै दवाव दिइरहेको समय भएको कुराकानीमा आफू अप्रिलमा शुरु भएको बेलायतको इयूबाट बहिर्गमनको प्रक्रियालाई अघि बढाउन लागिपरेको बताइन् ।  तर उनले बहिर्गमनपछि कस्तो खालको सम्बन्ध चाहनुभएको भन्ने बिषयमा बिस्तृत बताइनन् ।  

के उहाँले व्यापारलाई अवरोध पार्ने पक्षमा हुनुहुन्छ वा बेलायतको आफ्नै बाटो तय गर्ने शक्तिको पक्षमा हुनुहुन्छ भन्ने प्रश्नमा हाम्रोबीचमा रहेका विकल्पहरू यी होइनन् भनिन् ।

“हाम्रो विकल्प भनेको राम्रो व्यापारिक सम्झौता गर्ने हो,” उनले भनिन्। प्रधानमन्त्रीलाई कन्जरभेटिभ पार्टीबाट समेत यस हप्ता ब्रेक्जिटबारे प्रष्ट धारणा अघि सार्न दवाव आएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारका आन्तरिक कागजात, जसमा इयूसँगको व्यापारसम्झौताले बेलायतलाई नराम्रो प्रभाव पार्ने मुल्याङ्कन भएको थियो, चुहिएको थियो र यसले बेलायतमा तनाब थपिएको बताइएको छ ।

प्रधानमन्त्री मेले भनिन्, “बेलायती जनताले ब्रेक्जिटको पक्षमा मतदान गर्नु भनेको बेलायती मुद्रा, सीमाना, कानूनलाई आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्य थियो र हामीले यही अनुरुप वार्तालाई अघि बढाईरहेका छौँ ।”

“हामी सीमाभन्दा पर पनि व्यापार गर्न सक्नेकुराको प्रत्याभूत गर्न चाहन्छौ । अहिले वार्ताको थालनी भएको छ । वार्ताको समाप्तिसँगै सम्झौतालाई संसदमा प्रस्तुत गरिने र अत्यधिक मतदानले यसलाई पारित गरिनेछ ।” एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ