arrow

दुतावासको एम्बुलेन्स पुग्यो गुल्मी, स्थानीय हर्षित

logo
कौरव खत्री,
प्रकाशित २०७४ माघ २० शनिबार
ambulens_hastratran-badagau.jpg

गुल्मी । गुल्मीका भूतपूर्व सैनिक संगठन बडागाँउ मुसिकोट गुल्मीलाई  भारतीय दुतावासले दिएको एम्बुलेन्स  संगठनद्धारा बडागाँउ  स्वास्थ्य चौकीलाई एम्वुलेन्स प्रदान गरिएको छ ।

भारतीय दुतावासले आफ्नो हरेक बर्ष स्वतन्त्रता दिवसको अवसरमा उक्क्त मुसिकोट नगरपालिका अन्तर्गत साविकको मुसिकोट र  बडागाँउ गाविसका भूतपूर्व सैनिक संगठनलाई दुतवासले एम्बुलेन्स प्रदान गरेको मुसिकोट नगरपालिकाका भूतपूर्व सैनिक संगठनका अध्यक्ष सुवेदार मेजर शंकर रायमाझीले जानकारी दिए ।

दुतवासले भूतपूर्व सैनिक संगठनका लागि दिएको एम्बुलेन्स विहिवार   संगठन मार्फत नगरपालिका मेयर सोमनाथ सापकोटाद्धारा बडागाँउ स्वास्थ्य संस्थालाई हस्तान्त्रण गरेका थिए  ।

दुतावासले मुसिकोट नगरपालिका भूतपूर्व सैनिक संगठनका अध्यक्ष एवं मुनपा ३ का वडा सदस्य सुवेदार मेजर शंकर रायमाझीको सक्रितामा आएको एम्बुलेन्स स्वास्थ्य उपचार सेवामा  गाँउ गाँउमा पुगेर विरामीहरुलाई सेवा पुर्‍याउन थालेपछि नगरपालिकाभित्रका वडा नं. १ देखि ५  नं. वडाहरु लगायत यस आसपास क्षेत्र र ग्रामिण इलाकाका जनताहरुलाई स्वास्थ्य उपचारमा थप सहजता भएको बडागाँउ स्वास्थ्य चौकीका प्रमुख मनोज श्रेष्ठले बताए ।

आफ्नै घर नजिकबाट एम्बुलेन्स सञ्चालन हुदा स्थानीयबासिन्दाहरु हर्षित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ