arrow

प्रेमको उपहार : प्रेमिका गार्डेनमा कुरिरहिन्, बाबुले प्रेमीको शीर काटिदिए

logo
प्रकाशित २०७४ माघ २० शनिबार
premi_murder.jpg

नयाँ दिल्ली । अंकितकी प्रेमिकाको घरमा लडाईँ झगडा बढ्न थालेपछि अंकितकी आमाले छोरालाई लडाईँ झगडाबाट टाढै राख्नको फोटो स्टुडियोमा काम गर्ने छोरालाई छलफल गर्नको लागि भनेर घर बोलाएकी थिईन् । अर्काे तिर अंकितकी प्रेमिका पनि आफ्नो घरमा प्रेमिसँग विवाहको बन्दोबस्ती नमिलेपछि परिवारलाई थाहै नदिई अंकितसँग भाग्नको लागि भनेर टेगोर गार्डेनमा अंकितको प्रतिक्षा गरेर बसिरहेकी थिईन् । दुबैको आग्रह अनुसार आमासँग आशीर्वाद लिएर प्रेमिकालाई भगाउने सोचले अंकित पनि आफ्नो फोटो स्टुडियोको काम छाडेर उनी मोटरसाईकल लिन घर तिर लागेका थिए । 

तर, बीचबाटोमा पुग्दा नपुग्दै प्रेमिकाको बाबुको फोन आयो । उनलाई छोरी दिनको लागि छलफल गर्नुपर्ने भन्दै अंकितकै फोटोस्टुडियोमा प्रेमिकाको बाबु र अंकलले बोलाएपछि आफ्नी प्रेमिकालाई खबर सुनाएर हतारहतार उनी स्टुडियो तिरै फर्किएका थिए । तर, खुशी हुँदै गएका अंकितले न त गार्डेनमा कुरिरहेकी प्रेमिकासँग भेट्न सकेन न त आफ्नी आमासँग नै । उनको प्रेमिकाको बाबुले नै गर्धनमा छुरा धसेपछि प्रेमिका र आमाको अहिले बेहाल भएको छ । 

यो घटना दिल्ली रघुबीर नगरको हो । बिहीबार सोही ठाउँका तल्लो जातका एक २३ वर्षिया युवकलाई प्रेमिकाको बाबु र अंकलले बीच सडकमा नै शीर काटिदिएको विषयले अहिले दिल्लीमा नयाँ चर्चा पाएको छ । २० वर्षिया आफ्नी प्रेमिकासँग विवाहको लागि घरमा कुरा नमिलेपछि यी दुई प्रेमीहरु भागेर बिहे गर्ने सोचमा पुगेका थिए । उनकी प्रेमिकाले पनि उनीसँग विहे गर्नको लागि घरमा सक्दो झगडा गरेकी नै हुन् । तर, आफ्नै जन्मदिने बाबु नै आफ्नो विरुद्ध मात्रै लागेनन् छोरी भगाउन लागेको आरोपमा उनले छोरीका प्रेमीको गर्धनमा नै छुरा चलाईदिए । 

अहिले प्रेमिकाको बाबु, आमा र अंकललाई पक्राउ गरी दिल्लीको तिहाड जेलमा पठाईसकिएको छ । अंकितकी आमाले प्रहरीलाई दिएको बयान अनुसार आफू घरमा काम गरिरहेको बेलामा एउटा बच्चा आत्तिँदै आएर उनको छोरालाई चोकमा केटीका बाबु आमाले कुटीरहेको खबर दिएका थिए । उनी त्यो सुनेर हतार हतार त्यहाँ पुग्दा उनको छोराको टाउको एका तिर र शरीर अर्काे तिर भईसकेको थियो । 

अंकितको परिवारका अनुसार फोटोग्राफीका शौखिन अंकितको आफ्नै फोटो स्टुडियो पनि थियो । उनी स्टुडियोबाट घरमा गएर मोटरसाईकल लिएर आफ्नी प्रेमिका भएको टेगोर गार्डेन रेल्वे स्टेसन तर्फ जाँदै थिए । त्यतिकैमा प्रेमिकाका बाबु र अंकलले उनलाई स्टुडियोमा बोलाएका थिए । उनी त्यहाँबाट स्टुडियो तिर फर्किँदै गर्दा उनलाई बीचबाटोमै हत्या गरिएको हो । उनलाई प्रेमिकाका बाबुले सिसिटिभि नभएको ठाउँमा लगेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ