arrow

महराले भने - 'दाङ राजधानी बनाउने बारे खुमबहादुरसँग कुरा भयो'

देउवा सरकारले राजनीतक अराजकता मच्चायो

logo
शरद रेग्मी,
प्रकाशित २०७४ माघ २१ आइतबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

दाङ । नेकपा माओवादीका प्रभावशाली नेता कृष्ण बहादुर महराले दाङलाई प्रखेश ५ को  राजधानी बनाउने बारे नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कासँग कुरा भएको स्विकार गरेका छन् ।

तुलसीपुर एयरपोर्टमा आयोजित कार्यक्रममा बोल्दै दाङ प्रतिनिधीसभा २ बाट निर्वाचीत सांसद समेत रहेका महराले दाङ प्रदेश राजधानी बनाउने बिषयमा काँग्रेस नेता खुम बहादुर खड्कासंग समेत छलफल भएको स्विकार  गरे ।

उनले प्रदेश मुकामहरुको अस्थाई केन्द्र तोक्दा धोका भएको भन्दै अब राजधानी बनाउने जिम्मा प्रदेश सभालाई भएकोमा प्रदेश सभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित सन्तुलीत एंब जिम्मेवारी पुर्वक सुझ बुझका  साथ निर्णय गर्ने र त्यसपछि प्रदेश नम्वर ५ को स्थायी मुकाम दाङनै हुने  जिकिर गरे। उनले भने - 'दाङ प्रदेश राजधानी बनाउने बिषयमा अन्य नेताहरुसंग समेत छलफल भैरहेको छ ।'

उनले देशमा देउवा सरकारले राजनीतीक अराजकता मच्चाएको आरोप लगाए  । हालको सरकारले राजनीतीको नैतिकता समेत नदेखिएको भन्दै देउवा सरकारले देशमा राजनीतीक अराजकता अपनाएको समेत बताए ।

देउवा सरकारले गरेका कतीपय निर्णयहरुलाई अव बन्ने सरकारले उल्टाउन सम्म सक्ने बताए। उनले दुई दल भनेका फरक दृस्टीकोण फरक मान्यता बोकेका दल भएकोले पार्टी एकता भन्ने कुरा भने जस्तो सजिलो नभएको र दुई पार्टीका अध्यक्ष बिच व्यापक छलफल समेत भैराखेकोले एकतामा केहि ढिला भएपनी केहि समय पछि पार्टी एकता निश्चित हुने बताए।

नयाँ बन्ने सरकारले टरीगाँउ एयरर्पोटलाई थप बिस्तार गरी ठुलो जहाँज सञ्चालन ल्याउने र एयरर्पोटमा जहाँज उडानलाई नियमीत बनाउने समेत उनले पत्रकार सम्मेलनमा बताए। हाल आफुहरु राष्ट्रिय सभाको चुनाबमा केन्द्रित भएको बताएका महराले प्रदेश सभाको चुनाब लगतै नयाँ सरकार गठनको पक्रिया सुरु हुने उनले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ