- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । राजनीतिक र संबैधानिक संकट चुलिँदै गएको बेला, मालदिभ्स प्रहरीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अर्का न्यायाधीशलाई पक्राउ गरेको छ ।
सरकारले संकटकाल घोषणा गरेको केही घण्टामा प्रधानन्यायाधीश अब्दुल्ला सईद र अर्का न्यायाधीश अली हमीदलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो भनेको छ । उनीहरुमाथि लगाइएको अभियोग र के विषयमा अनुसन्धान गर्ने हो भन्ने चाहिँ खुलाइएको छैन । अरु न्यायाधीशलाई पनि उनीहरुको इच्छा नहुँदा नहुँदै अदालतभित्रै राखिएको छ ।
सर्वोच्च अदालत प्रहरीले घेरा मारेको छ । मालदिभ्स सरकारले यसअघि नै संसद भंग गर्दै १५ दिनका लागि संकटकाल घोषणा गरेको छ । राजनीतिक बन्दीहरु रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेश राष्ट्रपति अब्दुल्ला यामीनले अस्वीकार गरेपछि मालदिभ्समा राजनीतिक र संवैधानिक संकट चुलिएको हो ।