काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भ्रमणका क्रममा यतिबेला भारतको कोलकातामा छन् । उनी ओडिसाको भुवनेश्वरमा गोबर्दन मठका पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीको पदावधिको २५ वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन सोमबार त्यतै लागेका हुन् ।
उनलाई पठाइएको निम्तोमा राजाकै हैसियत दिइएको छ । राजाकै भूमिकामा उनी त्यहाँ सहभागी हुँदैछन् ।
पूर्वराजाले भारत उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै भने ‘रुखका पात झरे पनि जरा परिवर्तन हुँदैन ।’
अहिलेको राजनीतिक प्रणालीले गति छाडेकोप्रति शाहको कटाक्ष थियो । के पूर्वराजा अझै पनि पुरानै अवस्थामा फर्कनका लागि प्रयासरत छन् ? या उनले सही बाटोमा हिंड भनी नेताहरुलाई सन्देश दिन खोजेका हुन् ?
भ्रमण एक साताको मात्र हुने बताइए पनि अहिले एक हप्ता बढेर राजनीतिक भेटघाट हुने भएको छ। यो भ्रमणमा हिन्दू धर्म र राजसंस्था बारे बढी नै बहस हुने बताइएको छ । भारतीय जनता पार्टी नेपालमा हिन्दू राष्ट्र पूनर्स्थापित गर्ने बारेमा अहिले पनि प्रयासरत रहेको बताइन्छ।
एक महिनाको अवधिमा दोस्रो पटक भारत पुगेका पूर्वराजाले यसपटक कस्तो किसिमको सल्लाह पाउने हुन् त्यो त तत्काल जानकारी हुनेछैन । तर यसले दीर्घकालीन यसको असर देखिन सक्ने जानकारहरु बताउँछन।
उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ नेपाल हिन्दु राष्ट्र होस भन्नेमा बढी नै चाहनेमा र्छ भन्ने आम बुझाइ छ।
पूर्वराजा निकट स्रोतका अनुसार मोदीसंग पनि भारत भ्रमणका क्रममा प्रत्यक्ष वार्ता हुने अवस्था नभएपनि टेलिफोन वार्ता हुन सक्नेछ ।
एकातिर पूर्वराजाको हिन्दूराज्य प्रयास संगसंगै २४० वर्षको इतिहास बोकेको शाहबंशीय राजालाई कुन स्थानमा लैजान सकिन्छ भन्ने चिन्तन बढ्दो छ भने अर्कातिर नेताहरु परिस्थिति बुझ्न नखोजी अगाडि हिंडिरहेका छन् ।
स्रोतहरुका अनुसार अबको प्रधानमन्त्रीका रुपमा अगाडि बढिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने हिन्दू राष्ट्र र पूर्वराजपरिवारलाई स्थान दिने सक्ने बारेमा सकारात्मक रहेको बताइरहँदा अबको कोर्ष कुन बाटोमा जान्छ भन्न सकिने अवस्था छैन ।