arrow

एलडीसीको एलइजीमा नेपालका कृषी अर्थविद नरेश शर्मा निर्वाचित

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
naresh-sharma-leg.jpg

काठमाडौं। नेपालका कृषि अर्थविद् नरेश शर्मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघीय महासन्धी युएनएफसीसीसी अन्तर्गतको अति कम विकसित देशका विज्ञहरूको समूह एलइजीको अध्यक्षतामा निर्वाचित भएका छन् । 

नेपालबाट प्रतिनिधित्व गर्ने शर्मा सन् २०१८ देखि २०१९ सम्मको दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

अफ्रिकाको सान टोम एण्ड प्रिन्सिपमा सोमबार सम्पन्न समूहको बैठकले शर्मालाई निर्वाचित गरेको हो । समूहका विज्ञहरूको यो ३३औं बैठक हो । बैठकले उपाध्यक्षमा आद्रितो सान्तना निर्वाचित भएका छन् । 

यो समूहले जलवायु परिवर्तनसम्बन्धी विभिन्न छलफल र निर्णयमा अति कम विकसित देशकातर्फबाट महत्वपूर्ण योगदान गर्छ ।

शर्मा निर्वाचित भएसँगै नेपालका मुद्धाहरुलाई राष्ट्संघी फोरममा लैजान थप सजिलो हुने छ। यद्यपी सो पदमा निर्वाचितले अति कम विकसित देशका मुद्धाहरुलाई सम्वोधन गराउन पहल गर्नुपर्ने हुन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ