आन्दोलनकारी विद्यार्थीको माग: ढकालको ज्यान लिने ड्राइभरलाई कर्तव्य ज्यान मुद्दा
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ माघ २३ मंगलबार
777
Shares
कास्की। पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेविसंघका बोधराज ढकालको मृत्यु भएसँगै संयुक्त विद्यार्थी संगठनले पोखरामा नगर बस चल्न नदिने भएका छन्। पृथ्वीनारायण क्याम्पस अगाडिको कोण सभालाई सम्बोधन गर्दै नेबिसंघका नेता भानु ढकालले आफुहरुको माग क्षतिपूर्ति नभइ कर्तव्य ज्यान मुद्दा रहेको बताए।
सोमबार साँझ क्याम्पस अगाडि नगर बसले ठक्कर दिदा ढकालको मृत्यु भएको थियो। उक्त घटनालाई लिएर नेविसंघका कार्यकर्ताले मंगलबार बिहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका हुन्। प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको छ भने समाचार संकलनमा खटिएका पत्रकारलाई समेत कुटेको छ। आदर्श समाजका पत्रकार प्रकाश ढकालको खुट्टामा लाठीले हान्दा चोट लागेको छ। पत्रकार ढकालले आफू पत्रकार भन्दा भन्दै पनि प्रहरीले अन्धाधुन्ध प्रहार गरेको बताएका छन् । प्रहरीको यो हर्कतको पत्रकारहरुले चर्को विरोध गरेका छन्।
प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका नेविसंघका १६ जना कार्यकर्तालाई दिउँसो छोडेको छ। आधा दर्जन भन्दा बढी विद्यार्थी प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्।