arrow

यस्तो सेटिङ गरेछन् पूर्व आईजीपी अर्याल र अख्तियार प्रमुख बस्न्यातले

अख्तियार प्रमुखका १६ जनालाई प्रहरी बनाइदिएपछि अर्यालको मुद्दा तामेलीमा

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
upendra.png

काठमाडौं । पछिल्लो समय एउटा भनाई नै बनेको छ, अख्तियारले नडामेका कुनै पनि प्रहरी प्रमुख (आइजीपी) छैनन् । त्यो नौलो भएन । तर, अख्तियारले नै आफैले डामेका आइजीपीसँग साँठगाँठ गरेको कुरा भने नयाँ स्वरुपमा देखा परेको छ ।

प्रहरी हेडक्वार्टरबाटै, अख्तियार प्रमुख एवं प्रमुख आयुक्त दीप बस्न्यातले आफ्ना १६ जना मान्छेलाई घुसाए वापत पूर्व प्रहरी प्रमुख एवं पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालको मुद्दा तामेलीमा राखेको खुलासा भएको छ ।

स्रोतले भनेको छ, ‘अर्यालको मुद्दा चलिरहेको छ । कानुनी कारबाही अथवा जेल हुने अवस्था आएपछि सेटिङ भएको छ । प्रहरी भर्नाका क्रममा १६ जना व्यक्ति अख्तियार प्रमुख दीप बस्न्यातका घुसाए वापत उनको मुद्दा तामेलीमा छ ।’

यो कसरी सम्भव भो ? जवाफमा स्रोत भन्छ, ‘लोकसेवाबाट रिजल्ट आउट हुनु पर्ने थियो । तर, लोक सेवाका कर्मचारी प्रहरी हेडक्वार्टरमै छाप बोकेर आए । लोक सेवाले लिखितमा २ सय ३५ जना नाम लिस्ट पठाएको थियो ।  एक सय २ जना निकालियो । लिखितमा पास भएका २ सय ३५ जना मध्ये केहीलाई निकालेर आफ्ना व्यक्ति हालियो ।’ स्रोतले दावीका साथ भन्यो-प्रमाण नै छ ।

अनिमितता गरेको भन्ने आधार के ? ‘प्रहरीले वेबसाइटमा पनि राखेको थियो । शारिरीक तन्दुरुस्तीको अंक थपिएको भन्ने व्यरोरा दिइयो । तर, त्यो लिखितमा आएर थप्न पाइँदैन । आचारसंहिता विपरीत हुन्छ ।’ स्रोतले उदाहरण दिँदै भन्यो,– ‘मैले ८० नम्बर ल्याए । तर, म फिजिकलमा फेल भए भने फेल हुन्छु ।’ तर, यहाँ पास भएका व्यक्तिहरु फालिएका छन् ।  यो कुराको प्रहरी हेडक्वार्टरमा भएका सिभिलियनहरुले पनि विरोध गरेका छन् । स्रोतले थप भन्यो, ‘उनीहरुले पनि लोकसेवाको गल्ती भनेका छन् । लोक सेवाले पनि आफ्नो गल्ती स्वीकारेको सुन्नमा आएको छ ।’

उपेन्द्रको कथा
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकांश पूर्व प्रमुखहरू भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान पुगेकै छन् । 

पदमा बहाल रहँदा कुनै भ्रष्टाचारको आरोपमा नमुछिएका उपेन्द्रकान्त अर्यालले पहिले १३ पन्ने भरे । पछि अख्तियारमा बयान दिन पुगे । तर, अख्तियारले उनलाई परम्परा कायम राखेजस्तै गरेर बयानको लागि बोलायो ।

उनलाई स्रोत नखुलेको सम्पत्ति कमाएको आरोप लागेको छ। पूर्व प्रहरी महानिरीक्षकलाई बिनाकुनै भ्रष्टाचारको आरोप सम्पत्ति छानविनको नाममा अख्तियारमा बोलाएर बदनाम गर्नु कति उपयुक्त हो भन्ने विषयमा समाजमा बहस चल्दै थियो । तर, अब अर्यालका केही कुरा उदांगिएका छन् ।

पूर्व प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालसँगै, बहालवाला सचिव राजेन्द्र ठाकुर र दुई डीएसपीले पाँच करोड बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा बयान दिनु परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ