arrow

ताइवानमा शक्तिशाली भूकम्प, कम्तीमा २ को मृत्यु, २०० बढी घाइते 

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
earthquake-taiwan.jpg

काठमाडौं । ताइवानमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २ जनाको मृत्यु भएको छ भने २०० बढी घाइते भएका छन् । 

६.४ रेक्टर स्केलको उक्त शक्तिशाली भूकम्प स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेटमा गएको हो । भूकम्प जाँदा अधिकांश मानिस निन्द्रामा थिए ।

अताल्लिएर भागदौड मच्चिँदा धेरै घाइते भएका हुन् । मृतकको संख्या अझै बढी हुन सक्ने जनाइएको छ । 

भूकम्पका कारण दर्जनौं भवन भत्केका छन् । 

मूख्य शहरमा रहेको मार्सल होटल भासिएकाले होटेलका थुप्रै कर्मचारी फसेको बताइएको छ ।

१५० जनाको उद्दार भए पनि अरुको हालत के छ भन्ने यकिन हुन सकेको छैन । उद्दारप्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ