पाँच दिनदेखि अचेत भारतीय वृद्धको यसरी भयो उद्धार, अवस्था चिन्ताजनक
प्रकाशित २०७४ माघ २४ बुधबार
238
Shares
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा–४, असैनामा पाँच दिनदेखि अचेत अवस्थामा रहेका करिब ६० वर्षीय भारतीय वृद्धको उद्धार गरिएको छ ।
असैना गाउँको अछामी टोल पीपल चौतारा नजिक एक काठको घरको भुइँतलामा अचेत अवस्थामा रहेका बेवारिसे वृद्धको प्रहरीको सहयोगमा मंगलबार उद्धार गरिएको हो ।
स्थानीयवासीले भारतीय भाषा बोल्ने वृद्ध पाँच दिनदेखि घरको भुइँतलामा अचेत अवस्थामा रहेको प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय, झलारीबाट प्रहरी नायब निरीक्षक मणि भट्टको नेतृत्वमा पुगेको टोलीले वृद्धलाई उद्धार गरी उपचारका लागि महाकाली अञ्चल अस्पतालमा भर्ना गराएको छ ।
वृद्ध कुन ठाउँका हुन् र कसरी अचेत भए भन्नेबारे प्रहरीले अनुसन्धानको कार्य गरिरहेको प्रहरी नायब निरीक्षक भट्टले बताए ।