arrow

माल्दिभ्समा आफ्नाको निरंकुशता भन्दा भारतीय हस्तक्षेप प्यारो !

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
Indian-Army.jpeg

माले । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद अहिले श्रीलंकामा शरण लिईरहेका छन् । तर, उनी बारम्बार भारतलाई माल्दिभ्समा हस्तक्षेप गर्न र माल्दिभ्सको राष्ट्रपतिको शासन अन्त्य गर्नको लागि आफ्नो ट्वीटर मार्फत् लविङ गरिरहेका छन् । उनले चीनलाई आफ्नो देशमा जारी गतिरोधबाट टाढा रहनकोलागि चेतावनी दिएका छन् भने अर्काेतर्फ भारतलाई हस्तक्षेपको लागि गुहारिरहेका छन् । 

अहिले राष्ट्रपति यामिनले १५ दिने संकटकालको घोषणा गरेपछि सबै शासनसत्ता राष्ट्रपतिको हातमा आएको छ । यसलाई माल्दिभ्सका विपक्षीहरुले चीनको उक्साहटमा गरिएको काम भन्ने आरोप लगाएका छन् । यस्तो अवस्थामा विपक्षीहरुले भने खुलेरै भारतीय हस्तक्षेपको माग गरेका छन् । अहिले अप्रत्यक्ष रुपमा चीनको साथ यामीनसँग रहेको छ। उनले माल्दिभ्सको सेनामार्फत् शासनसत्ता १५ दिने संकटकाल लगाएर आफ्नो हातमा लिएका छन् । 

चीनले नशीदको अभिव्यक्तिसँगै भनेको छ कि माल्दिभ्समा सैन्य शासनको स्थिती अझै मजबुत हुनसक्छ । माल्दिभ्सका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीनलाई चीनको निकटस्थ मान्ने गरिएको छ । सोमवार उनले देशमा संकटकालको घोषणा गरेका थिए । सो घोषणा भएसँगै सर्वाेच्च अदालतका दुई मुख्य न्यायाधीसहरुलाई समेत पक्राउ गरेका थिए। यससँगै माल्दिभ्सको न्याय सेवा आयोगले गिरफ्तार भएका प्रधानन्यायाधीस अब्दुल्ला सईद तथा न्यायाधीस अली हमीदलाई निलम्बित गरेको छ । 

पूर्व राष्ट्रपति नसिदले ट्वीट गर्दै भनेका छन्, 'भारत कब्जा जमाउनेवाला देश होईन स्वतन्त्रता दिनेवाला देश हो । भारतको सन् १९८८ को सकारात्मक भूमिकाको सबै माल्दिभ्सका जनताले देखेका नै छन् । यसैगरी फेरि एक पटक भारतको सकारात्मक भूमिकाको प्रतिक्षामा माल्दिभ्सका जनताहरु रहेका छन् ।'

श्रीलंकामा शरण लिईरहेका नशीदको माल्दिभ्स डेमोक्रेटिक पार्टीले कोलम्बोबाट नै काम गरिरहेको छ । नशीदले मंगलवार समेत ट्वीट गरेका थिए । मंगलबारको ट्वीटमा उनले भारतले तत्कालै सेना पठाएर माल्दिभ्सका पक्राउ परेका प्रधानन्यायाधीस लगायत नेताहरुलाई रिहाईको लागि आग्रह गरेका थिए । उनलाई अहिले माल्दिभ्सका नागरिक र माल्दिभ्स सेनाको भन्दा पनि भारतीय सेनाको बढी विश्वास प्रकट गरेका छन्।

जेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ