arrow

कुटील ओलीको यस्तो चाल, मुख नखोल्दा सहमतिमा बेहाल 

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
kp-oli-presents-n.jpeg

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले मुख नखोलिदिँदा मुख्य मन्त्रीको टुंगो लगाउन कठिन भएको छ । ओली चुप बस्दा सहमति नभइ अब सिधै एमालेका नेताहरु नै मतदानबाट टुंगोमा पुग्ने बाटोतर्फ लम्किरहेका छन् । 

प्रदेश संसदीय दलको नेता चयन नभएकाले गर्दा समस्या बल्झिँदो छ । यस्तो अवस्थामा ओली किन चुप बसेर आपसमा नेताहरुलाई लडाइरहेका छन् भन्ने प्रश्न बामवृत्तमा बढ्दो छ । 

के ओली रमिता हेर्न मन पराउँछन् ? अवश्य हैन । ओली चुप बस्नुको कारण अर्कैछ । 

किन मौन ओली ? 
एमाले स्रोत भन्छ ‘कमरेडलाई अहिले धेरै तिरबाट पे्रसर छ, सरकार बनाउनेदेखि पार्टी एकतालाई पन्छाउनेसम्मका कुरा छन्, बाह्य कुरा पनि मिलाउनु छ, प्रदेश संसदीय दलको विषय सामान्य हो ।’

यदि स्रोत सही छ भने आपसमा नेताहरु भिडाएर चुनाव त होला तर पछि फेरि विकासे कामका लागि आपसी भिडन्त पो हुने हो कि ! 

यस बारेमा एमालेका एक केन्द्रीय सदस्यको सटिक जवाफ छ –दाल जसरी पोखिए पनि पोखिने एमालेकै भागमा हो, त्यसैले यसमा नअल्झिने हो कि ।’

हुन पनि सधै सहमतिको भर पर्नुभन्दा आन्तरिक अभ्यास पनि हुने र पपुलर मतको पनि लेखाजोखा हुने भएकाले मुख्यमन्त्रीका लागि चुनावै हुँदा के फरक पर्ला र । 

के छ प्रदेशहरुको अवस्था ? 
प्रदेश १ मा संसदीय दलको नेता चयन गर्न शुक्रबारका लागि बैठक डाकिएको छ । सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धीका रूपमा अगाडि लबिङ गरिरहेका छन् ।

प्रदेश २ मा एमालेको सरकार नै नबन्ने भएपछि टेन्सन छैन । 

प्रदेश ३ मा संसदीय दलको नेता चयन गर्न शुक्रबारका लागि बैठक डाकिएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे प्रतिस्पर्धाको अखडामा उत्रिएका छन् । अष्टलक्ष्मी अगाडि बढेसंगै पशुपति चौलागाईं भने पछाडि हटेका छन् ।  

प्रदेश ४ मा दलको नेता चयन गर्न आइतबार संगठन कमिटिले बैठक डाकेको छ । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङबीच टक्टर रहेको छ । 

दलको नेता बन्नका लागि अन्य क्षेत्रमा पनि हालत त्यस्तै छ । दलको नेता बन्न प्रदेश २, ६ र ७ मा पनि चुनावकै तयारी भइरहेको छ । 

ओलीसहित शीर्ष नेताहरु किन बसे मौन ? 

ओली अहिले कसैले यसलाई दिनुपर्यो भनी अरु शीर्ष नेता नै आफूसंग भेट्न आउन् भन्ने चाहेका छन् । त्यसो भएका खण्डमा मन्त्रीमण्डलका बेलामा मैले तेरो मानछे लगाइदिएकै छु फेरि किन सिफारिस ? भन्ने दाउमा उनी छन् । 

तर यतिबेलासम्म वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले मुख खोलेका छैनन् । 

ओली बार्गेनिङ मन पराउँछन् । त्यसैले खनाल, नेपाल र बामदेव गौतमलाई साइजमा ल्याउन खोज्छन् । 

स्रोत भन्छ कि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउनकै लागि पनि ओली मौन बसेका छन् । 

अरु नेताहरुका चाहना पूरा गरेपछि विद्याबारे एकलौटी निर्णय गर्ने ओलीको दाउ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ