arrow

मेलामा जाने एक भारतीयसहित दुईको मृत्यु

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
nawalparasi_paschim.png

नवलपरासी । मदारबाबा मेला आएका एक भारतीय नागरिकको बुधबार मृत्यु भएको छ । 

नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीबाट नौ किलोमिटर उत्तरतर्फ पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिकस्थल मजारमा पुग्न पहाड चढ्दै गर्दा लडेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महाराजगन्ज जिल्लाको खजुरिया बस्ने ५० वर्षीय भरतचन्द्र पटेल रहेको प्रहरी चौकी महलबारीका इन्चार्ज सई डम्बर क्षेत्रीले बताए । 

पहाड चढदै गर्दा खुट्टा चिप्लिँदा पटेलको मृत्यु भएको हो । गत माघ २२ गतेदेखि मदारबाबाको मेला चलिरहेको छ । मेलामा नेपालभित्र तथा भारतबाट लाखौँ दर्शनार्थी मेला अवलोकन गर्न आउने गरेका छन् । 

एक नेपालीको पनि मृत्यु 

यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाअन्तर्गत गण्डक नदीमा डुबेर बुधबार एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । 

सुस्ता गाउँपालिका–२, फेनहरा बस्ने ५५ वर्षीय छोटई बनिया महलबारीको मदारबाबा मेला जानका लागि गण्डक नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । बुबा डुबेर बचाउन खोज्दा १९ वर्षीय छोरा व्रिजेश बनिया समेत डुबेर बेपत्ता भएका छन् । 

छोरा अहिलेसम्म फेला परेका छैनन् । गण्डक नदीको पानी घटाएर शवको खोजी कार्य भइरहेको महलबारी प्रहरी चौकी ईन्चार्ज डम्बर क्षेत्रीले जानकारी दिए । बाबुछोरा मदारबाबा मेला जानका लागि घरबाट यहाँ आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ