arrow

पत्रकार माथि लाठी बजार्ने प्रहरीको तर्फवाट एसपीले मागे माफी

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ माघ २५ बिहिबार
sp-pokhara.jpg

कास्की । प्रेस युनियनका सदस्य तथा पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कुटिएको बिषयमा बिहिवार बैठक भएको छ । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बराल, पत्रकार महासंघका अध्यक्ष दीपेन्र श्रेष्ठ, प्रेस युनियनका सल्लाहकार राज ब. गुरुङ, पत्रकार प्रकाश ढकाल र कास्की प्रहरीका प्रमुख एसपी अशोक सिहं बीच सहमति भएको हो । छलफलमा एसपी सिहंले प्रहरीको तर्फबाट गम्भीर गल्ति भएको स्विकार गर्दै घटनाप्रति माफी मागेका छन्। उनले आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्वता पनि जनाएका छन् ।

यस्तै घटनामा संलग्न प्रहरी र कमाण्डरलाई गल्ति नदोहोर्याउन निर्देशन दिने वचन दिएका छन् । घटना सच्याउन र पुन: घटना हुन नदिने गरि प्रहरीलाई अभिमुखिकरण गर्ने बताए । छलफलमा सहभागी युनियन सभापति बरालले प्रहरिले गरेको गल्ती लोकतन्त्रप्रतिकै उपाहस भएको बताए ।

 उनले आगामी दिनमा यस्ताखाले घटना दोहोरिए कडा प्रतिबाद गर्ने र कानुनी उपचार खोज्ने बताएका छन् । महासंघ सभापति श्रेष्ठले प्रहरी र पत्रकारबीच सम्बन्ध सुमधुर भएको भन्दै सहकार्य गरेरै अघि बढ्ने बताए । उनले घटना दोहोरिन नदिन चुस्त ब्यबस्थापन गर्न सुझाव दिए । युनियन सल्लाहकार गुरुङले प्रहरीलाई पत्रकारले संधै रेस्पेक्ट गर्ने भन्दै प्रहरीलाई सहयोग गर्ने वातावरण बनाउन आग्रह गरे ।

पत्रकार ढकालले यस्ता घटनाले पत्रकारको भौतिक सुरक्षामा चुनौति बढाएको बताए । बिनाकारण निर्घात कुटिनु गणतान्त्रीक शासन ब्यबस्थामा अशोभनीय भएको भन्दै शान्ती सुरक्षामा खटिने प्रहरीबाटै असुरक्षित वातावरण बन्नु कानुनको अबहेलनाको संज्ञा दिए ।

ढकालले घटनामा साथ दिने पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर , स्वतन्त्र पत्रकार संघ, फोनिज कास्की, चलचित्र पत्रकार संघ, खेलकुद पत्रकार मञ्च, क्रियाशिल महिला पत्रकार, सञ्चारिका समूह, रिपोर्टस क्लव, लगायत सबै संघ संगठन प्रति अाभार प्रकट गरेका छन् ।

पिएन क्याम्पसका बिद्यार्थी बोधराज ढकालको मृत्युको बिषयमा बिद्यार्थीले गरेको प्रदर्शनको बारेमा रिपोर्टिङ गर्दै गर्दा प्रहरीले ढकालमाथी कुटपीट गरेको थियो । परिचयपत्र भिरेरै रिपोर्टिङ गर्दा प्रहरीले लाठी हानेको भन्दै पत्रकारका सबै संघ संगठनले बिरोध स्वरुप बिज्ञप्ती जारी गरि घटनाको निन्दा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ