arrow

काँग्रेस बैतडीको उप–सभापतिमा चतुर 

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
chatur-b-chand-new.jpeg

बैतडी । नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत भएका छन् ।  

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिए । 

नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क (३) बमोजिम जिल्ला कर्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य–महासमिति सदस्य–महाधिवेशन प्रतिनिधिमध्येबाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ । 

नेपाली काँग्रेस बैतडीको १३ औँ जिल्ला अधिवेशन सम्पन्न भएको दुई वर्षसम्म पनि पूर्ण हुन नसकेको अवस्था तथा बैतडीमा नेपाली काँग्रेसको संगठनलाई सुदृढ गर्ने उद्देश्यले चन्दलाई उप–सभापतिमा मनोनीत गरिएको सभापति थापाले बताए । 

उप–सभापतिमा मनोनीत चन्द यसअघि नेपाली काँग्रेसका महासमिति सदस्य थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ