arrow

गुल्मीको वनमा भीषण आगलागी, ५० भन्दा बढी घरगोठ उच्च जोखिममा

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
fire.jpeg

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । 

बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो शुक्रबार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । 

आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् । 

आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, सशस्त्रलगायत स्थानीयको सहयोग मागिरहेका छन् । आगो निभाउनका लागि यतिबेला नेपाली सेना, प्रहरी र स्थानीयवासीको ठूलो संख्यामा जमघट भएको छ । 

जंगल नजिकै रहेका खरबारीमा खर नकाटेको र अप्ठ्यारो भिर भएका कारण आगो नियन्त्रणमा लिन समस्या परेको स्थानीय अर्जुन अर्यालले बताएका छन् । 

आगो अहिले आँपचौरको थामडाँडामा पुगेको बताइएको छ । आगलागी भएको स्थानदेखि केही तल सिँगो गाउँ रहेका कारण आगो गाउँनजिकै पुग्ने खतरा देखिएको अर्यालले जानकारी दिए । 

गाउँमाथिबाट आगो तलतल सर्ने क्रम शुरु भएपछि स्थानीयबासी रातभर आगो निभाउने प्रयासमा लागेका थिए । आगलागी भएको वन क्षेत्र नजिकै रहेका ५० भन्दा बढी घरगोठ उच्च जोखिममा परेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ