arrow

राष्ट्रपति चुनाव : पुटिनलाई टक्कर दिन ७ जना मैदानमा

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
putin.jpg1.jpeg

मस्को, रसिया । वर्तमान राष्टपति भ्लादिमिर पुटिन सहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

आउदो मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा उत्रिने निश्चय औपचारिक रूपमा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मतपत्रमा आठै जना उम्मेदवारहरूको नाम बर्णानुक्रम अनुसार राखिने पनि आयोगले स्पष्ट पारेको छ ।

उम्मेदवारी दर्ता गराएका मध्ये एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्, जसलाई कुनै पार्टीको समर्थन वा सिफारिस छैन ।

त्यसैगरी एक जना अपेक्षित उम्मेदवार रहेका छन्, जसले कम्तिमा तीन लाख मतदाताहरूको हस्ताक्षर नै संकलन गरेका छन् ।

रसियाको राष्ट्रपतीय निर्वाचनमा राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने हरेक व्यक्तिले कम्तिमा एक लाख मतदाताको हस्ताक्षर बुझाउनै पर्ने व्यवस्था रहेको छ ।

वर्तमान राष्ट्रपति पुटिन अहिले तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ