कञ्चनपुरको बनदेबि मन्दिरमा आरतीकै समयमा जोगीको हत्या
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ २६ शुक्रबार
445
Shares
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ४ मा रहेको प्रसिद्ध धार्मिक बनदेवी मन्दिरमा संगै बस्दै आएका एक जोगीद्वारा आरतीकै समयमा अर्का जोगीको हत्या शुक्रवार बेलुका भएको छ ।
लगभग ३२ वर्षीय नारायण चौधरीले ४५ वर्षिय बाबा चन्द्र गिरिलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । त्यहाँ रहेका अन्य आधा दर्जन बाबाहरु आरती गर्न व्यस्त रहेकै समयमा शुक्रवार साँझ ती दुई जना बाबा बीच एक आपसमा झगडा हुँदा यस्तो घटना घटेको हो।
हत्या पश्चात बाबा नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएकाले उनको खोजी कार्य तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाका विषयमा थप विवरण जुटाउन प्रहरी लागेको छ ।