arrow

मनाङमा माथिल्लो भेगमा हिउँ, तल्लो भेगमा पानी

logo
नविन लामिछाने,
प्रकाशित २०७४ माघ २६ शुक्रबार
manang-sheep-himpaat.jpg

मनाङ। यो हिउँदमा परेको दोस्रो पटक हिउँ परेपछि प्रभावित भएको मनाङको मौसममा अझै सुधार आउन सकेको छैन। 

मनाङको माथिल्लो भेगमा अझै हिमपात जारी छ भने तल्लो मनाङमा भने पानी परिरहेको छ।

हिउँ र पानीले गर्दा सवारी साधन आवज जावतमा कठिनाइ परेको छ। 

यसका वावजुद पनि खतरा मोल्दै सवारी साधन सञ्चालनमा ल्याइएको छ।

पशु चौपायालाई पनि चरनमा समस्या परेको छ। 

शैक्षिक संस्थाहरु पनि प्रभावित छन्। 

फागुन लागेपछि मौसममा सुधार आउने अपेक्षा स्थानियको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ