arrow

वामदेवको आदेशमा बाजुरामा मारिएका दुईलाई सरकारले गर्‍यो शहिद घोषणा

मृत्यु भएको २० बर्षपछि सरकारद्धारा शहिद घोषणा

logo
रमित बि.क.,
प्रकाशित २०७४ माघ २७ शनिबार
deuba-cabinet.jpg

बाजुरा । नेपाल सरकारले २०५४ साल जेठ ४ गतेको स्थानिय निर्वाचनमा मारिएका आईते सेराला र धन बहादुर खातीलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको बैठकले दुई जनालाई सहित घोषणा गरेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम निवर्तमान सांसद बद्री प्रसाद पाण्डेले बताए ।

उनिहरुको साविकको कुल्देवमाण्डौँ गाविस र हालको बुढीगंगा नगरपालिका वडा नं. ४ को टाँटे प्रहरी चौकीमा प्रहरीले गोली हानी हत्या गरेको थियो । तत्कालीन समयमा लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री र बामदेब गौतम गृहमन्त्री भएको बेला स्थानिय निर्वाचनको क्रममा उनिहरुलाई प्रहरीले गोली हानेको थियो ।

राज्यको गोली लागेर मृत्यु भएका दुबै जनाको हत्या भएको २० बर्षपछि नेपाल सरकारले शहिद घोषणा गरेपछि आफन्तको मुहारमा खुसी छाएको आफन्त हर्क खडायतले बताए । निर्वाचनको बेला प्रहरीले गोली लागेर मृत्यु भएका आईते सेरालाको हालसम्म शवको समेत अत्तोपत्तो छैन् । सेरालाको शव परिवारले समेत पाएन् । तत्कालीन गृहमन्त्री बामदेब गौतमको ठाँडो आदेशमा प्रहरीले गोली हान्दा दुबै जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ