arrow

को हुन् सरकारबाट राष्ट्रियसभा सदस्यको सिफारिसमा परेकी चाँदनी ?

चाहन्थिन वकिल बन्न, तर......

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
chadani.JPG

काठमाडौं । महिला अधिकारकर्मी चाँदनी जोशी सरकारको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि सिफारिसमा परेकी छन् । जोशीसँगै नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेल र नेपाली काँग्रेस झापाका पूर्व सभापति गोपाल बस्नेत पनि सिफारिसमा परेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाका लागि सरकारकाबाट मनोनयन गर्न पाउने ३ जनामध्ये शितलनिवास पठाएको एउटा नाम हो चाँदनी जोशी। विशेष गरी महिला अधिकारको क्षेत्रमा सक्रिय जोशी, महिलाका लागि राष्ट्रसंघीय विकास कोषको दक्षिण एशिया निर्देशक पनि बनिन् ।

७२ वर्षअघि सन् १९४६ मा पाल्पामा जन्मिएकी हुन् चाँदनी । राणा शासन विरोधी आन्दोलन शुरु हुन लागेको थियो त्यतिबेला । हो त्यही बेला राणाकालमा हजुर बाबु निर्वासनमा रहेको बेला जन्मेकी । तर, रमाइलो पक्ष उनकी आमा भने राणा परिवारकै छोरी थिइन् । १३ वर्षको उमेरमा पाल्पाबाट काठमाडौं आइन् बाबु जंग बहादुर चन्द र आमा राजेश्वरी देवीसँग। शुरुमा वकिल बन्ने चाहना थियो उनको । तर समयक्रमले उनलाई अधिकारकर्मी बनायो, अझ विशेष गरी महिला अधिकारकर्मी । पुग नपुग २० वर्षको उमेरमै उनले काठमाडौंको पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्य पठाउन थालिन् ।

पढाउन थालेको ३ वर्षपछि, सन् १९६८ मा मोहनराज जोशीसँग विहे भयो । विहे भएको तीन वर्षभित्र उनी पदमकन्याको अंग्रेजी विभाग प्रमुख बनिसकेकी थिइन् । सन् १९७५ मा सरकारी तालिम सामग्री उत्पादन कार्यक्रमको अंग्रेजी सम्पादक बनिन्, गृह मन्त्रालय अन्तर्गत । १९८१ मा महिला विकास डिभिजनको सहसचिव नियुक्त भइन् ।

१९९० मा युनिफेमको क्षेत्रीय कार्यक्रम निर्देशक बनिन् । त्यसको २ वर्षमा, १९९२ जुलाइमा काठमाडौंमा भएको थाइ एयरवेजको विमान दुर्घटनामा श्रीमान र छोरी गुमाइन् । हरेश खाइनन्, सम्हालिइन्, अघि बढिरहिन् ।   

वकिल बन्न चाहेको मान्छे कसरी भइन् त अधिकारकर्मी ? भन्छिन्, एकताका लोकसेवा आयोगमा २ पदका लागि १२ जनाको प्रतिष्पर्धा थियो । ती मध्ये २ महिला मात्रै थिए । तर के कम भन्ने लाग्यो । प्रतिष्पर्धामा हार खाइएन ।

पढाउने क्रममा पनि महिला सबालका थुप्रै विषय जान्ने अबसर पाएँ विद्यार्थी मार्फत । थुप्रै छन् यसपछाडीका कारण ।  खाली समयमा घुमफिर गर्न रुचाउँछिन् । संगीत सुन्न र विशेष गरी आत्मबृत्तान्त पढ्न रुचाउँछिन् । उनी खाना पकाउन पनि शौखिन छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ