arrow

ओलीलाई चन्द्र भण्डारीको प्रश्न : तपाईले खोलेकै दोकान अब देउवाले खोले यो देश कहाँ जाला ?

कांग्रेस नेतृत्वकाे अालाेचना

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीका आन्तरिक विषयमा बोलेका छन् । उनले सुशील कोइरालाको नेतृत्वले नेपाललाई निकास दिएको कुरा कांग्रेसले भुल्न नहुने समेत बताएका छन् ।

नेपाली कांग्रेस संविधान सभाको चुनावमा पराजित भएको बेलामा  पुष्प कमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल प्रधानमन्त्री बनेर यो देशलाई निकास दिन सकेनन्, उनले भने, ‘ठूलठूला भाषण गरे तर त्यो संविधान सभा विगठन गरे । तर, दोस्रो संविधान सभाबाट कांग्रेस ठूलो दल बन्यो र सुशील कोइराला जस्तो घर गृहस्ती नभएको, प्रधानमन्त्री हुदाको बेला एक सम्पतिको नाममा एक सेट मोबाइल मात्र भएको व्यक्तिले त्यस समयका माओवादी चितवनको ध्रुवे हात्ती जस्तो र  पशुपतिको साढे जस्तो एमालेलाई एकै ठाँउमा ल्याएर नेपाललाई संविधान दिनुभयो ।’ सुरुमा उनले सुशील कोइरालाको योगदानबारे चर्चा गरे ।

उनले भनेका छन्, ‘वीपी विचार आज जनवादीको विचार भएको छ ।’ उनले आलोचना सुरु गरे, सुवर्ण शमशेर जसले सर्वस्व पार्टीलाई दिए । आज त्यो विचार आज भ्रष्टचारको खानी बनेको छ । गणेशमानको त्याग र समर्पणको पार्टी आज भागबण्डाको छलमा परेको छ । कृष्णप्रसाद भट्टराईको पार्टी जो राष्ट्रवादबाट बनेको पार्टीमा आज नागरिकता बेचेर पैसा कमाउँछन् ।’   

देश सुम्पिदा खेरि देश बढाउ भन्दा एक शब्द बोल्दैन आज त्यो पार्टी बोल्न सकेको छ ? यहि हालतले ५ वर्षसम्म कम्युनिष्टहरुसँग लड्न सकिन्छ ? पार्टीको के हो विचार के हो दृष्टिकोण ? आज देश कहाँ जादैछ ? उनले प्रश्न गरे ।  

आज तराईका जनताहरुले हामिलाई मिथिला भाषा चाहियो, भोजपुरीमा  सम्बोधन गर्न पाएनौँ भन्दा आज आगो लगाएका छन्, उनले अगाडि भने, ‘सिंहदरबारमा बोल्न सक्ने एक दुई जना नेताले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनु पर्छ भन्दैछन्  । जनताले प्रतिकार गरेका छन् । काठमाडौ भने बोल्न सक्दैन । सिंहदरबार बोल्न सक्दैन । केपी ओली बोल्न सक्दैनन् । यस्तो राष्ट्रिय मुद्दा नउठाएसम्म जनताले हामीलाई सम्बोधन गर्न सक्छन् ?’

आज देशमा कांग्रेसको सरकार छ । शेरबहादुर प्रधानमन्त्री छन्। ओली प्रधानमन्त्री हुने लाइनमा छन् । तर, देशको सरकारलाई थाहा नदिइकन विदेशमन्त्री नेपाल आउछिन् , उनले चिन्तागर्दै भने, ‘ओलीसँग गोप्य भेटवार्ता गर्छिन् । हिजो राष्ट्रवादको चरित्र देखाएर भोट खिच्नेहरु सोल्टी होटलमा समर्पण गर्छन् । कोही बोल्दैन देशका नेताहरु ।’

म देशको प्रधानमन्त्री भएको भए म त्यो विमानलाई आउनै दिने थिइन्, उनले भने, ‘आइहाले पनि सुष्मा स्वराजलाई म भेट्ने थिइन् । के हो वीपी, सुवर्ण शमशेर, कृष्णप्रसादको दृष्टिकोण ? आज उहाँहरुको नाममा प्रधानमन्त्री, मन्त्री बन्ने आफ्नो परिवार पढाउने, आफु सम्पन्न बन्ने गरेकै कारण नै ओली जस्ता नक्कली राष्ट्रवादीहरुले कांग्रेसलाई कहाँ पुर्‍याएका ?  सोच्नु पर्ने कुरा यहि हो ।’ उनले धेरै समय ओलीको चरित्रचित्रणमा खर्चिए । ‘आज म ओलीलाई भन्न चाहान्छु तपाई विपक्षी दलको नेता हुँदा खोलेको दोकानमा स्वराज आउनु भयो भने त्यहि दोकान प्रतिपक्षमा बस्दा देउवाले खोलिदिए भने यो देश कहा जाला ? यो राष्ट्रको प्रजातन्त्र कहाँ जाला ?

हामिले  पीछडिएको वर्ग, अवसर नपाएको वर्गलाई समानुपातिक व्यवस्था गर्‍यौ तर आज आफ्नै परिवार, आफैले चाहेको व्याक्ति र पटक–पटक एकै व्यक्तिलाई मात्र अवसर दियौँ भने  ती महिलाले के गर्छन् ? दलितले के गर्छन् ? यस्तो सामान्य सोंच नहुने वर्तमान कांग्रेस नेतृत्वले भोलिको  वीपी कोइरालाको कांग्रेस हाक्न सक्दैन । तसर्थ अब कांग्रेसलाई अघि बढाउनका लागि पृथक सोच र दृष्टिकोण लिएर जानु पर्छ । यो अहिलेको आवश्यता हो, उनले भनेका छन् ।  

शिक्षामा धनीको पहुँच मात्रै भएको भन्दै उनले अगाडि थपे, ‘गरिब भएकै कारण सामुदायिक विद्यालयमा पढ्नु पर्ने र धन भएकाले महंगा विद्यालयमा पढाउनु पर्ने व्यवस्थाको अन्त्य हुनै पर्छ । त्यसका विरुद्ध नेविसंघ लड्नु पर्छ कि पर्दैन ।’

आज हाम्रो पार्टी सुद्धिकरणको अभियान राजनीतिक शुद्धिकरणको अभियान बुलेट ट्रेन गुडिरहेको छ, आह्वान गर्दै उनले भनेका छन्, ‘हरेक मानिस चढ्नुहोस चढ्न नसके पछि पर्नुहोला ।’  

दिवंगत पूर्वकांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दोस्रो स्मृतिको अवसरमा नेविसंघ प्रदेश ३ ले काठमाडौँमा गरेको कार्यक्रममा केन्द्रीय सदस्य भण्डारीले  संसारबाट फालिएको र तिरस्कृत भएको कम्युनिष्टसँग काँग्रेस डराउनु पर्दैन पनि भने । उनले पार्टीभित्र मौलाउँदै गएको विकृति र विसंगतिविरुद्ध पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ