arrow

हात मिलाएकै हुन् त ट्रम्प र उनले ? दुनियाँ भए अचम्मित

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
kim-trump_9mf7tvX5fn1.PNG

काठमाडौं । शनिबार दक्षिणकोरीयामा सुरु भएको शीतकालीन ओलम्किकको समयमा देखिएका केही तस्वीरहरुले विश्वलाई नै ध्यान खिच्न सफल भएको छ । अहिले मूलतः दुई धु्रवजस्तै बनेका उत्तर कोरीया र अमेरिकाका राष्ट्रपतिको उस्तै तस्वीर बनाएर राखिएका केही तस्वीरहरुले विश्वको ध्यान खिचेको छ । 

पहिलो कुरा त उत्तर कोरीया दक्षिण कोरिया अमेरिका लगायतका अधिकांश शक्तिराष्ट्रको टाउको दुखाईको विषय बनेको छ । ती राष्ट्रको लागि उत्तर दुस्मन राष्ट्र हो भन्दा पनि फरक नपर्ला । तर, अहिले सुरु भएको शीतकालीन ओलम्पिकले उत्तर र दक्षिण दुई राष्ट्रबीच शान्ति सम्झौताको हात फैलाएको क्षणको रुपमा पनि विश्लेषण गर्ने गरिएको छ । 

दक्षिण कोरियाको प्योंगचाङ रंगशालामा राखिएको तस्वीर हो तल प्रस्तुत गरिएको । जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली राष्ट्रपति किम जोङ उनका समर्थकहरुले दुरुस्तै उस्तै चेहेरा र शारिरीक बनावट बनाएर  खिचेको यो तस्वीर देख्दा नझुक्किने कमै मात्रै मानिस होलान् । उनीहरु दुवैजना दुरुस्तै ट्रम्प र उनजस्तै देखिएका छन् । तर, यी दुई सक्कली ट्रम्ट नभएर नक्कली हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ