काठमाडौं । लोकतन्त्रका लागि साहदत प्राप्त गरेका दुई शहिद परिवार र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण योगदान दिँदै आएका दुई नेता शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्माननित भएका छन् ।
नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको दोस्रो र शहिद भीमनारायण श्रेष्ठको ३९ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटा—काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा लोकतन्त्रका लागि एकै दिन शाहदत प्राप्त गर्ने शहिद कप्तान यज्ञ वहादुर थापाको श्रीमती खड्ग कुमारी थापा, शहीद भीमनारायण श्रेष्ठको सुपुत्र मनोहरनारायण श्रेष्ठलाई र नेपाली कांग्रेस धनकुटा–काठमाण्डौ सम्पर्क समितिमा अतुलनीय योगदान दिएकोमा सम्पर्क समितिका पूर्व सभापति नारायण प्रसाद भट्टराईलाई नेपाली कांग्रेसका नेता पूर्व मन्त्री अर्जुननर सिंह केसी, जिल्ला सभापति अग्नी प्रसाद पौडेल ,सम्पर्क समितिका सभापति भिम थापा, वरिष्ठ उपाध्यक्ष मनोज सुवेदी, नेका धनकुटका सचिव विजय सन्तोषी राईले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।
सो अवसरमा नेता केसीले शहिदहरुले देखाएको बाटोबाट हिडेमात्र साचो अर्थमा शहिदहरुप्रति सम्मान हुने भन्दै शहिद यज्ञ वहादुर थापा र शहिद भीम नारायण श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा महत्पूर्ण भूमिका खेल्दै कसैसंग पनि नझुकी शाहदत प्राप्त गरेको बताए।
नेपाली कांग्रेस धनकुटा—काठमाण्डौ सम्पर्क समितिका सभापति भिम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, निर्वतमान सभापति शहिद पुत्र मनोहर नारायण श्रेष्ठ, सचिव विजय सन्तोषी राई, कोषाध्यष दिनेश राई, प्रध्यापक रेवती प्रसाद दाहाल लगायतले शहिद भीम नारायण श्रेष्ठ र शहिद यज्ञ बहादुर थापाको जस्तो शाहस र पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको जस्तो त्याग र समपर्ण अहिले कांग्रेसमा आवश्यक रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य सदस्य राम वहादुर कार्की र कार्यक्रमको संचालन र कार्यक्रमको उदेश्यमाथि प्रकाश सम्र्पक समितिका वरिष्ठ उपाध्यक्ष मनोज सुवेदीले गरेका थिए। शहिद यज्ञ वहादुर थापा र शहिद भीम नारायण श्रेष्ठलाई लामो समयको जेल सजायपछि २०३५ साल माघ २६ गते सुनसरीको कोशी टप्पुमा तत्कालीन सरकारको आदेशमा एकै दिन गोली हानी हत्या गरिएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले गरेका थिए ।