arrow

सरकारद्धारा राष्ट्रियसभा सांसदमा ३ जनाको नाम सिफारिस

बस्नेत, जोशी र पौडेल परे सिफारिसमा

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
sher-bahadur-deuba-pm1.JPG

काठमाडौँ । राष्ट्रिय सभाका लागि तीन जना सांसद वर्तमान सरकारले चयन गर्ने कि आउने सरकारले भन्ने विषयमा लामो समयदेखि दलहरुबीच चलिरहेको रस्साकस्सीले अल्झिएको छ ।

सरकारले तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। विदाको दिन भएपनि सरकारले कार्यालयमा आएर सुरक्षाकर्मीलाई छोडेर हिडेको भन्दै राष्ट्रपति कार्यालय रुष्ट पनि देखिएको छ। 

प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरि ३ नाम सिफारिस गरेपनि राष्ट्रपति कार्यालय भने ती तीन नाम टुङ्ग्याउने बारेमा निर्णयमा तत्काल पुग्ने छाँट भने देखिदैन। 

राष्ट्रपति कार्यालय सिफारिस भएको विषयमा कानुनी परामर्श लिने मुडमा देखिएको छ। 

सरकारले भने काँग्रेस नेता  गोपाल बस्नेत, अधिकारकर्मी चाँदनी जोशी र काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेललाई राष्६्रिय सभाका लागि सिफारिस गरेको कानुन मन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

बस्नेत कांग्रेसको झापा जिल्ला पूर्व सभापति हुन्र भने पौडेल कांग्रेसकै पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव हुन । जोशी चर्चित अधिकारकर्मी हुन।

सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा ५९ जना सांसद रहनेछन् । जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८–८ जनाका दरले चुनिएर आउनेछन् भने ३ जना राष्ट्रपतिद्धारा मनोनित हुने व्यवस्था छ ।

राष्ट्रपतिले मनोनित गर्ने भनिएपनि कार्यकारीका तर्फबाट सरकारले सिफारिस गरेर पठाएका नाम नै राष्ट्रपतिबाट अनुमोदन हुने परम्परा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ