arrow

निर्दयीले मार्यो श्रीमतीलाई खुकुरी हानेर 

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
knife.jpg

उर्लाबारी ।  मोरङको पथरीशनिश्चरेमा शनिबार  राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

 घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ