arrow

नागढुङ्गाबाट लागुऔषधसहित साह पक्राउ

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
arrested.jpeg

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आइतबार बिहान पक्राउ गरेको छ । 

प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९०० एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका पर्साका २२ वर्षीय साहलाई पक्राउ गरिएको जानकारी दिए । 

अभियुक्त साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको प्रभागले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ