समानुपातिक सदस्य टुंगो लगाउन फोरम नेताहरु गोप्य स्थलतिर
सबै मधेसबाट नाम पठाउने भनेपछि बैठक लम्बियो
प्रकाशित २०७४ माघ २८ आइतबार
1k
Shares
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल प्रतिनिधि सभाको समानुपातिक तर्फका सदस्यहरुको नाम टुंगो स्थलतर्फ लागेको छ । फोरमका पदाधिकारी बिहानैदेखि काठमाडौँमै छलफलमा छन् ।
बैठकको स्थान भनिएको छैन । छलफलमा आठ जनाको नाम प्रस्तुत गरिएको बताइएको छ। पहाडमा पार्टीले मत नपाएको भन्दै केहीले मधेशबाटै सबै ६ सदस्य पठाउनु पर्ने तर्क राखेका छन्।
केही पदाधिकारीले भने पहाडबाट पनि केही सदस्यको प्रतिनित्व गराउनु पर्ने भनेपछि बैठक लम्बिएको छ। सरिता गिरी, रेणु यादव, रेखा यादव, रोही नाद, मञ्जु अंसारी, रेणुका गुरुङ्ग, सुशीला श्रेष्ठ र राजेन्द्र श्रेष्ठको विषयमा छलफल भइरहेको र अन्तिम टुंगो लाग्ने बताइँदै छ ।
तीन प्रतिशत थ्रेसहोल्ड कटाएको फोरमले समानुपातिक तर्फ पाएको ६ सिट मध्ये कम्तिमा पाँच सदस्य महिला पठाउन आयोगले चिठी पठाएको छ । संवैधानिक व्यवस्था अनुसार दलले पाएको सिटको एकतिहाई महिला पठाउनु पर्दछ ।