arrow

विमान दुर्घटनामा ७१ जनाको मृत्यु, १२ वर्षे बालकदेखि कसले गुमाए ज्यान ?

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
russian-plane-crash.jpg

मस्को। मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ। विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रुको मृत्यु भएको छ। 

दुर्घटनामा परी विमान टुक्रा टुक्रा भएको छ । सवार यात्रुको शव पनि टुक्रा टुक्रा भएको छ। दुर्घटनामा परी एक १२ वर्षे बालकको समेत मृत्यु भएको छ। विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो। 

रसियिाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ