arrow

हङकङमा दुई तले बस दुर्घटना १८ जनाको मृत्यु, ६२ घाइते 

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
bus-crash.jpg

हङकङ । चीनको विषेश प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १८ को मृत्यु भएको छ । 

दुई तले बस दुर्घटनामा परी ६२ जना घाइते भएको अधिकरीले जानकारी दिएका छन् । 

अधिकरीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ भने १५ जनालाई गहिरो चोट लागेको छ । केही भने सामान्य घाइते भएका छन् । 

प्रहरीले दुर्घटनामा परेको बसका ३० बर्षीय चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । 

घाइते र मृतकहरुलाई बसको माथिल्लो तलाबाट बाहिर निकालिएको उद्धारमा खटिएकाले जानकारी दिएका छन् । उनीहरुका अनुसार मृत्यु भएका मध्ये अधिकांशको टाउकोमा चोट लागेको थियो । 

शाटिनबाट ताई पोतर्फ जाँदै गरेको बेला स्थानीय समयानुसार बेलुका ६ः१५ बजे ताई पो सडकमा दुर्घटना भएको थियो । दुर्घटना हुनु अगाडि बस अति तिब्र गतिमा दौडीएको केही यात्रुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ