arrow

पण्डितजीको नियम : हेल्मट विना मोटरसाइकल चलाउनेलाई पूजा गर्न निषेध !

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
pujari-madhyamarg-1-900x642.jpg

काठमाडौं । कस्ता समझदार र कानूनी ज्ञान जानेका पण्डित ? जसले हेल्मेटविना सवारी चलाउने जो कोहीलाई पनि मन्दिरमा पूजा समेत गर्न दिँदैनन् । यस्ता पण्डितको कहानी नेपालको भने नभई छिमेकी मुलुक भारतको हो । 

ओडिशाको जगतसिंहपुर जिल्लामा रहेको एउटा एक हजार वर्ष पुरानो मन्दिरका पुजारीले दुई पांग्रे सवारीका चालकलाई पूजा गर्न बन्द गरिदिएका छन् जसले कानून विपरित हेल्मेट नलगाई सवारी चलाउने गरेका छन् । पुजारीले प्रहरीको निर्देशन पालना गर्दै एक महिना पहिलेदेखि मन्दिरको भित्तामा नै हेल्मेट छैन भने पूजा पनि छैन भन्ने बोर्ड राखेका छन् । 

जगतसिंहपुरका प्रहरी अधीक्षक जय नारायण पंकजले सडक दूर्घनामा हताहत हुनेको संख्या बढ्न थालेपछि यसलाई कम गर्नको लागि यस्तो उपाय अपनाईएको बताए । त्यसको लागि अन्य विधिहरुले दूर्घटना रोक्न नसकेपछि माता सरला देवीको मन्दिरमा यस्तो नियम लगाईएको हो । 

माता सरलाको मन्दिरका प्रधान पुजारी सुदाम चरण पाण्डाले प्रहरीको यो पहलको सम्मान गर्दै आफूले मन्दिरमा यस्तो व्यवस्था लागू गरेको बताए । यो पुजारीको सुरक्षाको लागि नै आफूहरुले यस्तो व्यवस्था गरिएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ