arrow

टेलिकमको 'सिबिए' निर्वाचनमा लोकतान्त्रीक र बाम गठबन्धनको भिडन्त

आधिकारीक ट्रेड युनियनको निर्वाचन जारी

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
ntc.jpg

काठमाडौं । नेपाल टेलिकम आवद्ध कर्मचारीहरुको संगठन आधिकारीक ट्रेड युनियन (सिबिए) को निर्वाचन सोमबार भएको छ । निर्वाचनमा  १ देखी ९ तहसम्मका ४ हजार ८६ कार्मचारीले मतदान गरेका छन् ।

चुनावमा नेपाली कांग्रेस निकट लोकतान्त्रीक कर्मचारीहरुको संगठन नेपाल टेलिकम वर्कस युनियन र बाम गठबन्धन निकट नेपाल दुरसंचार कर्मचारी संघ प्रतिस्पर्धामा रहेका छन् ।

वान मेन वान भोट सिष्टममा हुने निर्वाचनको २ बर्षे कार्यकाल रहने नेपाल टेलिकम बर्कस युनियनका महासचिव सुरेश रौनियारले जानकारी दिए ।  जित्ने संगठनले टेलिकम कर्मचारीका प्रगति तथा बृद्धि विकासका कुरा संस्थामा राख्न पाउनेछन् ।

सोमवार विहान ९ बजे देखि सरू भएको निर्वाचन  ४ बजे सम्म भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ