काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गरि नामावली निर्वाचन आयोगमा बुझाएको काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बताए ।
बैठकले गरेको निर्णय अनुसार ४० जना सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाइएको हो ।
काँग्रेसले तयार पारेको समानुपातिकतर्फका सांसद निम्न लिखित छन् ।