arrow

सरकारी मर्यादाक्रममा वडाध्यक्ष पद नै गायब !

उपमहानगरको मेयर सहसचिव सरह

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
chair.jpg

काठमाडौं । सरकारले जारी गरेको सरकारी मर्यादाक्रममा जननिर्वाचित वडाअध्यक्ष र वडा सदस्यहरुको पद नै समावेश गराईएको छैन । सोमबार राजपत्रमा प्रकाशित सरकारी मर्यादाक्रममा जननिर्वाचित अरु सबै पदहरु राखिएको भएपनि वडा स्तरका जनप्रतिनिधिहरुको बारेमा भने सो मर्यादाक्रमको सूची बेखबर बनेको हो । 

माघ २६ गते प्रकाशित राजपत्रमा राष्ट्रपतिदेखि सबैभन्दा अन्तिममा सहायक सेनानीसम्मको पद समावेश गरिएको छ । पहिलो ५ सर्वाेच्च मर्यादा क्रमका पदहरुमा पहिलो राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीस र पाँचौं पदमा प्रतिनिधि सभाका सभामुखलाई राखिएको छ । 

मर्यादा क्रम अनुसार महानगरपालिकाका मेयर १५ औं नम्बरमा परेका छन् भने गाउँपालिकाका अध्यक्षको मर्यादाक्रम २१ औं नम्बरमा परेको छ । महानगरपालिकाको उपमेयरको मर्यादाक्रम निजामती सेवाका सहसचिव र उपमहानगरपालिकाका मेयर सरह रहने व्यवस्था गरिएको छ । 

हेर्नुहोस् मर्यादाक्रमबारे राजपत्रको सूचना 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ